हेल्थ टुडे,
झापा,१३ बैशाखः झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले २०६५ देखि हालसम्ममा एड्सबाट मृत्यु हुनेको संख्या ३५ पुगेको जानकारी दिएको छ । विसं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा हरेक वर्ष एक–एक र २०७५ मा १० ले एचआइभी एड्सका कारण ज्यान गुमाएका हुन् । हाल झापामा ६१६ जना एचआइभी सङ्क्रमितले सरकारले वितरण गरिरहेको औषधि नियमित रुपले सेवन गरिरहेका छन् ।
एचआइभी सङ्क्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क रहेको झापामा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनले देखाएको छ । झापामा जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरसहित लवकुश आश्रम भद्रपुर, सहारा नेपाल विर्तामोड, आम्दा नेपाल दमक र नाइट चेस क्लब काँकरभिट्टाले एचआइभी सङ्क्रमितको परीक्षण, उपचार र हेरचाह गरिरहेका छन्।
मेची अञ्चल अस्पताल भद्रपुरमा सिडीफोर परीक्षण गर्ने मेसिन राखिएको छ भने भाइरल लोड परीक्षणका लागि नमूना सङ्कलन, ड्राइब्लड स्पट कलेक्सन, पिएमटिसिटी सेवा (प्रसूतिबाहेक) जस्ता अति आवश्यक सेवा सङ्क्रमितले जिल्लामै पाउँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । झापामा सन् २०१७ देखि २०१९ सम्ममा सङ्क्रमित महिलाबाट जन्मेका बच्चामा ३० नेगेटिभ र एक पोजेटिभ फेलापरेको छ ।
Leave a Reply