हेल्थ टुडे,
हेटौडा,२२ बैशाखः शुक्रबारदेखि राष्ट्रिय रक्तचाप मापन अभियान सुरु भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको रक्तचाप मापन गरेर अभियान शुरु गरिएको छ । शुक्रबारदेखि शुरु भएको अभियान एक महीना सञ्चालन हुने जनाइएको छ ।
राष्ट्रिय रक्तचाप सोसाइटीको आयोजनामा मकवानपुरको हेटौँडाबाट यो अभियानको शुरुआत भएको हो । अभियानमार्फत् जिल्लामा एक हजार ५०० को रक्तचाप मापन गर्ने तयारी गरिएको अभियानका मकवानपुर संयोजक डाक्टर प्रवीण चौधरीले जानकारी दिए ।
Leave a Reply