हेल्थ टुडे,
दाङ,१ जेठः गर्मी बढेसंगै दाङ जिल्लाका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको छ । यहाँका अस्पतालहरुमा भाइरल ज्वरो, रुघा, खोकी, टाइफाइड, दम, जंडिस, झाडापखाला लगाएतका रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढिरहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।
राप्ती प्रादेशिक अस्पताल तलसीपुरले गर्मी बढेसंगै दैनिक चारसय भन्दा बढी बिरामीहरु उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिएको छ ।तर,गर्मी मौसमसँगै बिरामीको चाप बढेपनि अस्पतालमा जनशक्ति अभाव हुँदा उपचारमा समस्या भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।
१६ जना विशेषज्ञ डाक्टर र ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल जम्मा ८ जना डाक्टर मात्रै कार्यरत रहेका छन् । दरवन्दी अनुसारको सबै विषयका विशेषज्ञ डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालले जनशक्ति पूर्तिको लागि प्रदेश सरकारसंग माग गरेको छ ।
Leave a Reply