हेल्थ टुडे,
लमही,४ जेठः दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा आउको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा दिन उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
प्रसूति हुनका लागि तुलसीपुर बजार नै आउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै प्रसूति सेवा केन्द्र सञ्चालन गरिएको र यसबाट २४ सै घण्टा सेवा प्रदान हालका लागि एक तालीम प्राप्त स्टाफनर्स पठाइसकेको महाशाखाले जनाएको छ ।
योसँगै उपमहानगरपालिकाभित्र छ वटा प्रसूति सेवा केन्द्र सञ्चालनमा आएका छन् । चालू आर्थिक वर्षभित्र उक्त उपमहानगरपालिका–४ स्थित हलवार स्वास्थ्यचौकीमा पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइने उपमहानगरपालिकाले जनाएको छ ।
यसैबीच, तुलसीपुर–१९ स्थित बिजौरी स्वास्थ्यचौकीलाई एक एम्बुलेन्स पनि प्रदान गरिएको छ । विकट क्षेत्रबाट सहजै बिरामीलाई अस्पताल ल्याउनका लागि उपमहानगरपालिकाले तीनवटा एम्बुलेन्स खरीद गरेकामा एउटा यसअघि नै वडा नं १ लाई हस्तान्तरण गरेको थियो भने शुक्रबार तुलसीपुर–१९ लाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
Leave a Reply