हेल्थ टुडे,
सिन्धुली,५ जेठः सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुँने महिलालाई ३ हजार ८ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । गर्भावस्थाको समयमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भजाँच गराउने र अस्पतालमै सुत्केरी हुने महिलालाई मात्र उक्त प्रोत्साहन भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ । घरमा नै सुत्केरी हुने महिलाको संख्या बढेकाले उनीहरुलाई अस्पतालसम्म ल्याउन प्रोत्साहन गर्न भत्ता दिने निर्णय गरिएको हो ।
घरमै सुत्केरी हुदाँ आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने भएकाले र महिलालाई विभिन्न किसिमको संक्रमणबाट बचाउनका यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिका कार्यालयले जनाउको छ । यस्तै, दुई वर्ष मुनीका बालबालिका भएका घरमा रिफ्लेक्ट साईनवोर्ड राख्ने गाउँपालिकाले जनाएको छ ।
सरकारले सुत्केरीलाई उपलव्ध गराउँदै आएको दुई हजार आठ सय रुपैयाँमा गाउँपालिकाले एक हजार रुपैयाँ थप गरिदिने निर्णय गरेको हो ।
सुरक्षित मातृत्व तथा पोषण सम्बन्धि कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवती महिलाका लागि स्वास्थ्यचौकी जान आउन गाउँपालिका भरी निःशुल्क एम्बुलेन्स स्वा प्रदान गरेको छ । साथै, गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स प्रयोग गरेमा अन्य अस्पताल लैजानु परेमा ५० प्रतिशत छुट दिने गाउापालिकाले जनाएको छ ।
Leave a Reply