• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

क्यान्सर उपचारमा रेडियोथेरापीको प्रभावकारीता

May 23rd, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर उपचारमा रेडियोथेरापीको प्रभावकारीता

डा.उज्जवल चालिसे,
हेल्थ टुडे,
काठमाडौ,जेठः  क्यान्सर रोग मुख्यतःरेडियोथेरापी,सर्जरी र किमोथेरापीको माध्यमबाट बिरामीको उपचार गरिन्छ । विश्वमा लामो समयदेखि क्यान्सर रोगको उपचारमा रेडियोथेरापी प्रबिधिको प्रयोग, विकास र बिस्तार भईरहेको छ । क्यान्सर रोगको उपचारको लागि यो एक प्रभमवकारी बिधि हो । बिकिरण उर्जाको सुरक्षित प्रयोग गरि क्यान्सरका कोसिकाहरुलाई निष्क्रिय पार्ने प्रबिधि लाइ नै रेडियोथेरापी भनिन्छ । दुईतिहाई क्यान्सरका बिरामीलाई कुनै न कुनै बेला रेडियोथेरापी सेवाको आवश्यकता पर्दछ । तर,सर्वसुलभ नभएकाले सबै रोगीले यो सुबिधा समयमै लिन सकेका छैनन् ।

WHO विश्व स्वास्थ्य संगठनको प्रस्ताव अनुसारप्रति दश लाख जनसंख्याका लागि कम्तिमा एक लिन्याक Linac या Cobalt कोबाल्ट् मेसिनको उपलब्धता सुनिश्चित गरिनु पर्दछ । रेडियोथेरापीका प्रकारहरुमा External Radiotherapy: शरीरको बाहिरबाट रेडीयसन दिई गरिने उपचार बिधि र Internal Radiotherapy ( Brachytherapy): शरीरको भित्रि भागमा नै बिभिन्न औजारको प्रयोग गरि रेडियसन दिईने गरिन्छ । नेपालको सबैभन्दा पुरानो क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापीका ति सम्पूर्ण सुबिधाहरु विगत दुई दशकअघिदेखि उपलब्ध छ ।

विगत सन् २०१८ को बर्षभरिमा ११९८ जना नयाँ बिरामीले External रेडियोथेरापी सेवा लिएका थिए भने करिब २०० जना नयाँ बिरामीले Brachytherapy सेवा लिएका थिए । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवाको विकास र बिस्तार गर्दै लैजाने क्रममा हालसालै रेडियोथेरापीको अत्याधुनिक लिनायक Clinac ix  मेसिन आईपुगेको छ र उक्त मेसिनको जडान कार्य धमाधम भईरहेको छ । उक्त मेसिनबाट 3D-CRT,IMRT, IGRT जस्ता विश्वस्तरिय सेवाहरु बैशाख १ गतेदेखि सुरु भईरहेको छ ।

यी सेवाहरु सुरु भएलगत्तै बिरामीलाई भारत लगायत अन्य मुलुकमा उपचारको लागि धाईरहन नपर्ने भएको छ । यस अत्याधुनिक प्रबिधिबाट उपचार गर्दा सुक्ष्म रुपमा क्यान्सरका कोसिकाहरुलाई लक्षित गरि उपचार गरिन्छ । जसले गर्दा शरिरका स्वस्थ भागहरुलाई बिकिरणबाट कुनै असर नगर्ने तर क्यान्सरलाई भने जडैदेखि निर्मुल गर्न सकिन्छ । उक्त मेसिन बाहेक भारत सरकारबाट प्राप्त मेसिन पनि यस अस्पतालमा छिट्टै जडान कार्य हुन गईरहेकोले अब निम्न आय भएका र निम्न आर्थिक अबस्थाका बिरामीलाई ठुलो राहत पुग्नेछ । उक्त सेवा सुरु गर्नको लागि डाक्टर तथा अन्य प्राबिधिज्ञहरुलाई तालिमको लागि बेलायत,जापान र भारत लगायत मुलुकमा पठाईसकिएको छ ।

अन्य अस्पतालमा भन्दा यसमा दश गुणा कम खर्चमा उपचार गरिने हुँदा देशभरिबाट सर्बसाधारण बिरामी ठुलो मात्रामा उपचारको लागि आउने गरेका छन् । पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) , मुख, जिब्रो,घांटीको क्यान्सर, पेट तथा आन्द्राको क्यान्सर,फोक्सोको क्यान्सर,स्तन क्यान्सर,प्रोस्टेत क्यान्सर,ब्रेन ट्युमर लगायत क्यान्सर रोगको उपचारको लागि यो एक प्रभावकारी बिधि हो ।(डा.चालिसे भक्तपुर क्यान्सर अस्पतालको रेडिएसन अन्कोलोजि बिभागका प्रमुख हुन् )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य परीक्षणका लागि कांग्रस सभापति देउवा सिंगापुर प्रस्थान
Next article काभ्रे जिल्लामा नसर्ने रोगका बिरामी बढे

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1023
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web