हेल्थ टुडे,
काभ्रे,१० जेठः काभ्रे जिल्लामा नसर्ने रोगका विरामीको संख्या बढेको छ । खानपान र शारीरिक व्यायामको कमीले नसर्ने रोगका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेमा आर्थिक वर्ष २०७४÷०७५ मा मुटु रोगी १७३, क्यान्सर ५४, मृगौला रोग ७२, पार्किसन्स दुई, अल्जाइमर्स दुई, हेडइन्जुरी चार र स्पाइनल इन्जुरी रोगका लागि ३२ जनाले सिफारिस लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुधबार आयोजना गरिएर्को म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नन्दराज अवस्थीले जिल्लामा नसर्ने रोग वृद्धि हुँदै गएको बताए । विश्वमा ८० प्रतिशत नसर्ने रोगबाट वर्षेनी हजारौंको मृत्यु हुने गरेको तथ्यांक छ ।
Leave a Reply