हेल्थ टुडे,
काठमाडौ,१९ बैशाखः अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवा तथा व्यवस्थापनका लागि काठमाडौ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच सम्झौता भएको छ । काठमाडौ महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँग ५ वर्षका लागि सम्झौता गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले आइतबारले सम्झैतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि उद्योगी, व्यवसायी, गैरसरकारी संस्था लगायतको सहयोगमा सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवामा महानगरले सञ्चालन खर्च प्रदान गर्नेछ । सम्झैता बमोजिम महानगरले एम्बुलेन्स सेवालाई मासिक १२ लाख रकम प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ ।
यस्तै, ७० वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि निशुल्क सेवा प्रदान गरिने सहमति भएको छ । गरिब र बेसहारालाई वडा कार्यलयको शिफारिसमा निःशुल्क सेवा प्रदान गरिने छ।
हाल नेपाल एम्बुलेन्स सेवाका १० वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । काठमाडौं उपत्यका लगायत चितवन, पोखरा र बुटवलमा पनि यो सेवा २४ सै घण्टा फोन नं. १०२ मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ।
Leave a Reply