हेल्थ टुडे,
धनगढी,१९ बैशाखः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदुरपश्चिम प्रदेशमा औषधि व्यवस्था विभागको शाखा स्थापना गर्न माग गरेको छ । मन्त्रालयले देश संघीय संरचनामा गएसँगै हरेक प्रदेशमा औषधि व्यवस्था विभागको शाखा स्थापना गर्नुपर्ने माग राखेको हो ।
अहिले साविकको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रलाई हेर्नेगरी विभागको शाखा कार्यालय नेपालगञ्जमा रहेको छ। प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले औषधि व्यवस्था विभागले यस प्रदेशमा आफ्नो शाखा स्थापना गर्नुपर्ने र त्यसका लागि मन्त्रालय हरेक पक्षबाट सहयोग गर्न तयार रहेको बताए । उनले अहिले साविकका दुई क्षेत्र (सुदूर तथा मध्यपश्चिम) हेर्नेगरी शाखा हुदा विभागले दुर्गम क्षेत्रमा रहेका फार्मेसीको अनुगमन गर्न नसकेको टिप्पणी गरे ।
नेपाल औषधि व्यवसायी संघ सेती अञ्चलका अध्यक्ष गयाप्रसाद कुश्मीले प्रदेशमा विभागको शाखा नहुँदा अनाधिकृत रुपमा प्रहरी प्रशासनले फार्मेसीहरुलाई दुःख दिने गरेको गुनासो गरे।
Leave a Reply