हेल्थ टुडे,
एजेन्सी,२१ बैशाखः प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ । कंगोको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको जनाएको छ ।
कंगोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारी नियन्त्रणमा लिनका लागि भइरहेका प्रयासहरु अविश्वास र हिंसाका कारण समस्या भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यहाँ गएको अगस्टदेखि इबोला महामारी फैलिएको थियो ।
जारी महामारी कंगोको इतिहासमा दोस्रो भयानक इबोला महामारी हो । स्वास्थ्यकर्मीसँग खोप प्रशस्त रहेपनि हिंसाका कारण समस्या भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
Leave a Reply