हेल्थ टुडे,
हुम्ला,२२ बैशाखः तीन सातासम्म हुम्लाको ताजाकोटमा फैलिएको महामारी मौसमी रुघाखोकी भएको पुष्टी भएको छ । रोग प्रभावित ताँजाकोटका विरामीबाट नमुना संकलन गरि परिक्षणका लागि काठमाडौं लगिएको थियो ।
परिक्षणको रिपोर्टबाट मौसमी रुघाखोकी पुष्टि भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । परिक्षण भएका पाँच वटा नमुना सबै मौसमी रुघाखोकी देखिएको रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले जानकारी दिए ।
चैत्र अन्तिम साताबाट फैलिएको उक्त रोगले ताजाकोटमा १० जनाको मृत्यु भएको थियो ।
Leave a Reply