हेल्थ टुडे,
कपिलवस्तु,२३ बैशाखः कपिलवस्तुमा सिकलसेलबाट तीन जनाको मृत्यु भएको छ । पूर्वको नवलपरासीदेखि पश्चिम कैलालीसम्म तराईको थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमियाका वाणगङ्गा नगरपलिकामा तीनजना बिरामी फेला परेका छन् ।
कपिलवस्तुको वाणगङ्गा नगरपलिकामा थारु समुदायको जनसङ्ख्या बढी छ । कुल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोवास रहेको नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक–एकजना गरी तीनजना सिकलसेल एनिमियाबाट मृत्यु भएको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिएका छन् ।
सिकलसेल एनिमिया उनीहरूको कोषमार्फत आफ्ना सन्तानमा सार्न सक्छन् । एनिमिया जीवाणु रहेका पुरुष र महिलाबीच विवाह भएमा उनीहरूले जन्माउने सन्तान यस रोगबाट सङ्क्रमित हुने चिकित्सक बताउँछन् ।
वाणगङ्गा नगरपलिकाले गत आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि करिब तीन लाख मात्र बजेट छुट्ट्याइएको थियो ।
Leave a Reply