हेल्थ टुडे,
जुम्ला,२४ बैशाखः अज्ञात रोगका कारण जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी पुरै गाउँ प्रभावित भएको छ । सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँ नै प्रभावित भएको स्थानीयले बताएका छन् । बिरामी नभएको घर नै छैन ।
बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको स्थानीयले बताएका छन् । तर, रोगको पहिचान हुन सकेको छैन । जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले विद्यार्थी र शिक्षकसमेत बिरामी परेपछि पठनपाठन पनि प्रभावित भएको छ।
सबै उमेर समूहका व्यक्ति बिरामीले प्रभावित भएको स्थानीयले बताएका छन् । सिंगो गाउँ नै बिरामीले प्रभावित हुँदा समेत स्वास्थ्य संस्थाहरु भने बेखबर छन् ।
रोगले विस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत फैलिन थालेको छ । लामाबगर स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने तयारी भईरहेको जानकारी दिए ।
Leave a Reply