हेल्थ टुडे,
पोखरा,२५ बैशाखः विश्व रेडक्रस दिवसको उपलक्ष्यमा पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीले सचेतनासहित प्राथमिक उपचारका लागि कोष सङ्कलन गरेका छन् ।
विद्यार्थीले रु १८ हजार ५६५ कोष सङ्कलन गरेका छन् । सङ्कलित रकममध्ये रु १५ हजार ५०० कोषमा जम्मा गरिएको र बाँकी रकम भइपरी आउने प्राथामिक उपचारका लागि औषधि खरीद गर्ने बताइएको छ । युवा रेडक्रस सर्कलको सक्रियतामा भएको कार्यक्रममा १५ जना विद्यार्थीले विभिन्न समूह बनाएर पोखराको महत्वपूर्ण पर्यटकीय क्षेत्र बाटुलेचौर आसपासमा रकम सङ्कलन गरेका थिए ।
रेडक्रस दिवसको अवसरमा बुधबार बिहानैदेखि पोखराका चोकचोकमा सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थी समूह समूहमा पैदलयात्रीलाई रेडक्रसको महत्वमाथि प्रकाश पार्दै आर्थिक सङ्कलन गरेका हुन् ।
Leave a Reply