हेल्थ टुडे,
एजेन्सी,२७ बैशाखः डा.लोतेय छिरिङले राजधानी थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गरे । डा.लोतेय छिरिङ भूटानका प्रधानमन्त्री हुन् । उनी साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा व्यस्त हुन्छन् भने साताको दुई दिन अस्पतालमा काम गर्छन् ।
गतसाल भुटानको प्रधानमन्त्रीमा निर्वाचित भएका छिरिङले भनेः‘अस्पतालमा काम गर्नु मेरा लागि तनाब कम गर्ने उपाय हो, कोही गल्फ खेल्छन्, कोही धनुकाण खेल्छन्, म अपरेशन गर्छु । म अस्पतालमा सप्ताहन्त मनाउँछु ।’
प्रधानमन्त्री छिरिङ अस्पतालमा काम गर्न पुग्दा त्यहाँ कुनै तामझाम हुँदैन । साधारण डाक्टरजस्तै उनी अस्पताल पुग्छन् । अरु सबै आ–आफ्नो काम गरिरहेका हुन्छन् । उनी नियमित डाक्टरले झैं आफ्नो काम गर्छन् ।
Leave a Reply