हेल्थ टुडे,
काठमाडौ,३१ बैशाखः उपत्यका बाहिरका थप दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएका छन् । स्वास्थ्य सेवा विभाग अंगप्रत्यारोपण समन्वय समितिले कलेजो प्रत्यारोपण गर्ने अनुमति पत्र (लाइसेन्स) पाउनेमा चितवनस्थित कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल भरतपुर र चितवन मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर रहेका छन् । यी दुबै कलेजले यसअघि मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाइसकेका थिए ।
गत १६ बैशाखमा बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले यी दुई मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स दिएको हो । यो संगै नेपालमा कलेजो प्रत्यारोपण गर्ने संस्था चार पुगेको छ । यसअघि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पाइसकेका छन् । भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण समेत गरिसकेको छ।
Leave a Reply