हेल्थ टुडे,
काठमाडौं, २ जेठ : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आउँदो आर्थिक वर्षको बजेटमा १० प्रतिसत स्वास्थ्यका लागि छुट्याउन अपहल गरेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते संसदमा अर्थमन्त्रीले बजेट पेस गर्ने छन् । यसअघिको बजेटमा स्वास्थ्य तर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत बजेट छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पु¥याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको जानकारी दिए । स्वास्थ्यअधिकारकर्मी र स्वास्थ्य मन्त्रालयका अधिकारीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कुल बजेटको कम्तिमा पनि १० प्रतिसत स्वास्थ्यमा विनियोजन हुनु पर्ने बताउदै आएका भए पनि सरकारले स्वास्थ्यको बजेट ७ प्रतिसत भन्दा बढी छुट्याउन सकेको छैन । गिरिराजमणी पोखरेल पहिलो पटक स्वास्थ्य मन्त्री हुदा ५ वर्ष पहिले साडे ६ प्रतिसत बजेट स्वास्थ्यका लागि छुट्याइएको थियो । त्यसपछि हरेक वर्ष ४ देखि ६ प्रतिसत बजेट मात्र विनियोजन हुने गरेको छ ।
महाराजगंजस्थित कान्तिबाल अस्पतालमा बिहिबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘ कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो । देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो । त्यसलाई कम्तिमा दश प्रतिशत पु¥याउन मैले प्रधानमन्त्रीज्यूसंग र योजना आयोगमा कुरा गरेको छु ।’
थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत बजेट विनियोगन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए । कान्तिबाल अस्पतालको व्यवस्थापनलाई मन्त्री यादवले उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।
कर्मचारी समायोजन सम्पन्न भए लगत्तै देशभरीको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरी आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पु¥याउन पहल गर्ने मन्त्री यादवले जानकारी दिए । टेकुस्थित परिवार स्वास्थ्य महाशाखाले करिब ८० लाख मूल्यको उपकरण बिहिबार कान्तिबाल अस्पताललाई उपलब्ध गराएको छ ।
Leave a Reply