• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बीमाप्रति खोटाङका नागरिकको आकर्षण

May 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बीमाप्रति खोटाङका नागरिकको आकर्षण

हेल्थ टुडे,
खोटाङ,३ जेठः खोटाङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण देखिएको छ । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बीमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको र स्थानीयको पनि उत्तिकै आर्कषण देखिएको छ ।

जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौँ, भक्तपुरलगायतमा रहेका सरकारी अस्पतालबाट बीमाको शर्तअनुसार स्वास्थ्य उपचार सेवा लिन पाउनेगरी स्वास्थ्य बीमा दर्ता भइरहेको स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले बताए ।

हरेक वडामा नियुक्त स्वास्थ्य बीमा दर्ता सहयोगीले नाम दर्ता र परिचयपत्र वितरण गरिरहेको र विसं २०७४ पुस २४ गतेदेखि अहिलेसम्ममा १७ हजार ४५१ ले बीमा गरिसकेका उनले जानकारी दिए । १७ हजार बढीले स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिइसकेका छन् । जिल्लामा बीमा लागू हुने महीनाको अघिल्लो महीना बीमा गराउनेको चाप बढी हुने गरेको दाहालले जानकारी दिए ।

पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० को स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य उपचार सेवा पाउने भएपछि स्थानीय यो कार्यक्रमप्रति आर्कषण बढेको हो । पाँचभन्दा बढी सदस्य भएको परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति रु ४५० का दरले शुल्क बुझाउनुपर्छ । उपचार खर्च पनि रु ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी सेवा पाउने व्यवस्था छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालको लापरबाहीले शल्यक्रियापछि चिकित्सकसहित १०० जना बिरामी सिकिस्त
Next article रक्तचाप नापौँ अभियानः नेपालका आधाभन्दा बढी नागरिक आफ्नो रक्तचापको स्थितिबारे अझै अनविज्ञ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web