• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

झिँगाका कारण स्वास्थ्यमा पर्ने असर र बच्ने उपाय

May 19th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
झिँगाका कारण स्वास्थ्यमा पर्ने असर र बच्ने उपाय

हेल्थ टुडे,
काठमाडौ,जेठः गर्मी याम सुरु भएसँगै झिँगाको संख्यामा स्वतः वृद्धि हुन्छ । गर्मीयाममा शहरमा भन्दा अझ बढी गाउँमा झिंगाको संख्यामा बृद्धि भएको पाइन्छ । अझ हाम्रो वरपरको वातावरण फोहोर छ भने त त्यसले घरसम्मै असर गर्छ । यसले झनै झिँगा बढ्छन् । विशेषगरी गर्मी मौसमभरि मात्र रहने झिँगाले विभिन्न रोगका कीटाणु सार्छन्, जसले मानव स्वास्थ्यमा हानि पु¥याएको हुन्छ ।
झिंगाले सार्ने किटाणुहरु
भाइरललगायत विभिन्न किसिमका ज्वरो, हेपाटाइटिस ए, झाडापखाला र पेटको रोगका कीटाणु झिँगाले सार्ने गर्छन् । यस्ता रोग लागेमा स्वास्थ्यमा तत्कालै असर देखिन्छ ।
कसरी सार्छ रोग ?
–झिँगा आफैँले मानव स्वास्थ्यमा कुनै असर गर्दैन । तर, यिनीहरूले खुट्टामा बोकेर ल्याउने ब्याक्टेरियाका कारण स्वास्थ्यमा असर देखापर्छ ।
–गर्मी याममा फैलने अधिकांश सरुवा रोगको माध्यम झिँगालाई मानिन्छ । झिँगाको पहुँच भान्सादेखि फोहोरसम्म सजिलै पुग्छ ।
–विश्व स्वास्थ्य संगठनका अनुसार ब्याक्टेरिया, भाइरस र परजीवीका कारण हुने सयभन्दा बढी सरुवा रोग झिँगाको माध्यमबाट मानिसमा लाग्ने गर्छ ।
–झिँगाले फोहरबाट हाम्रो खानेकुरामा ब्याक्टरिया ल्याउँछ । ती ब्याक्टेरिया शरीरमा प्रवेश गर्छन् । खानामा एकपटक मात्र झिँगा बसे पनि तिनले अनगिन्ती कीटाणु छाडेर जान सक्छन् ।
–झिँगाले कतिपय ब्याक्टेरिया बान्ता गरेर हाम्रो खानामा फाल्ने गर्छ । जो खुट्टामा बोकेर ल्याएका भन्दा बढी समय बाँच्न सक्छन् ।
कसरी बच्ने ?
–जति फोहोर भयो, त्यति धेरै झिँगा फैलने खतरा हुन्छ । घरमा झिँगा धेरै भएमा सफा गर्दा पनि फोहोर देखिने हुन्छ । त्यस्तै, खानेकुरालाई झिँगाबाट बचाउन ग्राहो हुने र खाना छिट्टै बासी हुनेजस्ता समस्या हुन्छन् । तसर्थ, भान्सासँगै समग्र घर तथा वरपरको वातावरण सफा   राख्नुपर्छ ।
–फोहोर पानी जम्मा हुने खाल्डा भए पुरिदिने वा तिनलाई सधैँ सफा राख्नुपर्छ । साथै, भान्साबाट निस्कने फोहोरको सही व्यवस्थापन गर्नुपर्छ ।
–गाईबस्तु वा चौपायाबाट निस्कने फोहर व्यवस्थापन गर्नुपर्छ । गाईबस्तु राख्ने ठाँउ सकेसम्म घरबाट टाढा बनाउन सकिन्छ ।
–झिँगा हटाउन औषधि प्रयोग गर्न सकिन्छ । दिउँसोको समयमा झिँगा बढी सक्रिय हुने र एकै ठाउँमा बस्ने भएकाले यही वेला औषधि प्रयोग गर्नुपर्छ । तर, मानिसको स्वास्थ्यमा असर पु¥याउने औषधि प्रयोग गर्दा भने निकै सावधान हुनुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच र सुत्केरी हुनेलाई ३ हजार ८ सय रुपैया प्रोत्साहन भत्ता
Next article गाउँमै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीयवासी हर्षित

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2383
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web