हेल्थ टुडे,
चितवन,६ जेठः आवश्यक उपकरणको अभावमा वन्यजन्तु अस्पतालको भवन निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । गत वर्ष भवन निर्माणको काम सकिए पनि उपकरण नभएपछि प्रयोगविहीन भएको हो ।
घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि नेपालमै पहिलो वन्यजन्तु अस्पताल निर्माण गरिएको थियो । उपकरण खरीद, व्यवस्थापन निकुञ्ज विभागले गर्ने र राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा सहयोग गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाले जनाएको छ ।
घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि नेपालमै पहिलो वन्यजन्तु अस्पताल निर्माण गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार आगामी आर्थिक वर्ष अस्पताल पूर्णरूपमा सञ्चालनमा आउनेछ ।
भट्टराईले वन्यजन्तुको कतिपय औषधि नेपाल सरकारले अर्को देशको सरकारलाई आग्रह गरेर ल्याउनुपर्ने भएकाले ढिलाइ हुन पुगेको स्पष्ट पारे । अस्पताललाई चाहिने कर्मचारी लोकसेवा आयोगमार्फत ल्याउनुपर्ने भएकाले पनि तोकिएको समयमै सेवा सुरु गर्न नसकिएको उनले बताए ।
Leave a Reply