हेल्थ टुडे,
पाल्पा,७ जेठः पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिकाले ८० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीलाई घर घरमै पठाएको छ । बृद्ध उमेरका व्यक्तिलाई स्वास्थ्य चौकीसम्म आइपुग्न समस्या हुने भएकाले गाँउपालिकाले स्वास्थ्य जाँचका लागि घर घरमै स्वास्थ्यकर्मी पठाएको हो ।
स्वास्थ्य जाँचका लागि घर घरमा पुगेका स्वास्थ्यकर्मीले जेष्ठ नागरिकको रक्तचाप, मधुमेह सहित जनरल चेकअप गर्ने गरेका छन् । उनीहरुले आवश्यकताका आधारमा औषधि समेत निशुल्क उपलव्ध गराईरहेको गाउँपालिका कार्यालयले जनाएको छ । सोमबार गाँउपालिकाका बृद्ध ९६ बर्षीय लक्ष्मीप्रसाद तिमल्सेनाको स्वास्थ्य जाँच गरी उक्त अभियानको शुरु गरिएको हो ।
पूर्वखोला गाँउपालिकामा ८० वर्ष माथिका २ सय ८० जना भन्दा बढी जेष्ठ नागरिक छन् । ती सबैलाई घर घरमा पुगेर स्वास्थ्य परीक्षण, आवश्यक परामर्श र औषधि वितरण गर्ने योजना रहेको गाँउपालिका स्वास्थ्यशाखाले जनाएको छ ।
Leave a Reply