हेल्थ टुडे,
कपिलवस्तु,११ जेठः अत्यधिक गर्मी बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् । गर्मीले गर्दा पठनपाठनमा समस्या आएकाले वाणगङ्गा र कपिलवस्तु नगरपालिकाका निजी तथा संस्थागत विद्यालयले एक हप्ताका लागि विद्यालय बन्द गरेका हुन् ।
जिल्लाका अन्य आठ स्थानीय तहले समेत गर्मी बढेपछि विद्यालय बन्द गर्ने बारे छलफल भइरहेको जानकारी दिएका छन् ।यही जेठ १२ देखि १७ गतेसम्मका लागि विद्यालयमा गर्मी बिदा दिइएको छ । अधिकांश सामुदायिक विद्यालयमा टिनको छाना भएको र कक्षाकोठामा पङ्खासमेत नभएका कारण विद्यार्थी समस्यामा परेका छन् ।
गर्मीका कारण साना बालबालिका कक्षा कोठामै निदाउने र अर्धचेत हुने समस्या बढेको शिक्षकले बताएका छन् । अभिभावकस्तरबाट गर्मीमा विद्यालय बन्द गर्ने माग भएकाले एक हप्ताका लागि बिदा दिइएको हो । जिल्लाको तापक्रम ४० देखि ४४ डिग्री सेल्यियससम्म पुगेको छ ।
Leave a Reply