• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यी हुन् गर्मीमा काखीको दुगन्ध हटाउने घरेलु उपाय

May 25th, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् गर्मीमा काखीको दुगन्ध हटाउने घरेलु उपाय

हेल्थ टुडे,
एजेन्सी,जेठः
खासगरी गर्मीको मौसममा पसिना चुहिएर काखी गनाउन थाल्छ । यस्तो भयो भने कोही पनि काखी गनाउने व्यक्तिको नजिक बस्न चाहदैन । यसले व्यक्तिको व्यक्तित्वमै समस्या पार्छ । काखीको गन्ध हटाउन डियोड्रेन्टको प्रयोग गरिन्छ तर त्यसले पनि सधैंभरि गन्ध हटाउँदैन । काखीको दुर्गन्ध हटाउन केहि घरेलु उपाय छन् जसले काखीको गन्ध सजिलै हटाइदिन्छ ।
कागतीको रस
कागती दुर्गन्ध हटाउने राम्रो उपाय हो । एउटा कागतीको टुक्रो आफ्नो काखीमा १० देखि १५ मिनेटसम्म थिचेर राख्नुस् । दिनभरि पसिनाबाट निस्कने दुर्गन्धलाई यसले रोक्छ ।
फिटकिरी
फिटकिरी पनि काखीको दुर्गन्ध हटाउने एक राम्रो उपाय हो । यसको प्रयोग गर्नुअघि त्यसलाई अलिकति पानीमा भिजाउनुस् र पसिनाबाट दुर्गन्ध आउने ठाउँमा रगड्नुस् । दिनभरिको दुर्गन्धबाट छुटकारा पाइन्छ ।
गोलभेंडा
गोलभेंडामा भएको एन्टीसेप्टिक प्रोपर्टीका कारण पसिनाको दुर्गन्ध हट्छ । अझ यसले पसिना पनि कम निकाल्छ । आठवटा गोलभेंडा लिएर त्यसलाई मजाले थिच्नुस् र रस निकाल्नुस् । त्यही रसलाई नुहाउने पानीमा हालेर नुहाउनुभयो भने ताजा पनि हुनुहुनेछ, पसिनाको दुर्गन्ध पनि हट्नेछ ।
बेकिङ सोडा
बेकिङ सोडाले पसिना सोस्ने काम गर्छ र ब्याक्टेरियालाई पनि सिध्याउँछ । बेकिङ सोडा र कागतीको रसलाई बराबर मिसाउनुस् र यसलाई आफ्नो काखीमा लगाउनुस् । पाँचदेखि १० मिनेटसम्म त्यत्तिकै छोडेपछि पानीले धुनुस् । केही दिनसम्म यो प्रक्रिया नियमित रूपमा दोहो–याउनुभयो भने काखीको गन्ध हराउँछ ।
स्याउको चुक
स्याउको चुक अमिलोले पनि काखीको गन्ध हटाउँछ । कचौरामा अलिकति पानी हालेर त्यसमा कागतीको रस मिसाउनुस् र अलिकति स्याउको चुक अमिलो हाल्नुस् । यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राखेर स्प्रे गर्नुभएपनि हुन्छ । यसले काखीको ब्याक्टेरिया हटाउँछ र पसिनाको दुर्गन्ध रोक्छ ।
नखौरिनुस्
काखीको रौं हटाउनका लागि हामी प्रायः खौरिन्छौं तर खौरिएपछि त्यहाँको छाला संवेदनशील हुन पुग्छ । अनि त्यहाँ आफ्टरशेभ लगाउँदा जलन हुन थाल्छ । रेजरका कारण ब्याक्टेरिया र कीटाणुहरू पनि जन्मिन्छन् र काखीको दुर्गन्धको कारण बन्छन् ।
बेस्सरी पानी पिउनुस्
गर्मीमा पानी पिउनु स्वास्थ्यका लागि आवश्यक कुरा हो । यसले हाम्रो शरीरलाई हाइड्रेट गराउँछ र स्किन पनि मोइस्चराइज हुन्छ । गर्मीमा भरपूर पानी पिउँदा शरीरबाट कम दुर्गन्ध निस्कन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्मी अत्यधिक बढेपछि एक हप्ताको लागि विद्यालय बन्द
Next article एक साताभित्र तीन बालबालिकासहित १२ जनामा डेंगुको संक्रमण

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2383
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web