• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
मानसिक स्वास्थ्य

किन हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास ? के छन् समाधानका उपाय ?

May 25th, 2019 मानसिक स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास ? के छन् समाधानका उपाय ?

हेल्थ टुडे,
एजेन्सी,जेठः मानिसको जीवनमा स्मरणशक्तिको ठूलो महत्व हुनछ ।  मानिसहरुको जन्मजात स्मरण क्षमतामा खासै अन्तराल हुँदैन । तर, बाँच्ने क्रममा कसैले त्यसलाई तिखारेर तेज बनाउँछन् । वैज्ञानिकहरुका अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको इच्छा, अनिच्छा, चाहना तथा रुचिसँग हुन्छ ।

तर, स्मरणशक्तिमा ह्रास आएमा मानिसले कुनै पनि क्रियाकलाप राम्रोसँग गर्न सक्दैन । स्मरणशक्ति उमेरमा पनि भर पर्छ । ५० वर्षको उमेर पार गरेपछि विस्तारै स्मरण शक्तिमा ह्रास आउन थाल्छ । तर, कम उमेरमै स्मरण शक्ति कमजोर भएमा त्यसलाई समस्याको रुपमा लिनुपर्छ ।
यसकारण हुन्छ स्मरणशक्ति ह्रासः–
– सामान्य गल्तीले पनि स्मरणशक्तिमा ठूलो समस्या उत्पन्न हुन सक्छ । रुचीको अभाव, क्रमअनुसार काम नगर्नु, एकैपटक धेरै कामहरुमा हात हाल्नु, कामलाई उपेक्षा गर्नु आदि कारणले स्मरणशक्ति कमजोर हुँदै जाने गर्छ ।
– कुनै कुरा याद राख्ने ईच्छाशक्ति नहुँदा पनि स्मरणशक्ति ह्रास भएर जान्छ । त्यस्तै, चिन्तामा डुबिरहने, शारीरिक तथा मानसिक समस्या भइरहने मानिसको पनि स्मरणशक्ति गतिलो हुँदैन ।
– मस्तिष्कमा जन्मजात समस्या वा अविकसित मष्तिस्कले पनि स्मरणशक्ति प्रभावित तुल्याउँछ । टाउकोमा कुनै प्रकारको चोटपटक लाग्दा, क्षमताभन्दा बढी काम गर्न खोज्दा पनि यो स्मरणको समस्या आउँछ ।
– क्रोध, भय, चिन्ताले पनि स्मरणशक्तिलाई प्रभावित तुल्याउँछन् । उच्च रक्तचाप, डिप्रेसन, पेनकिलर औषधीको बढी प्रयोगको साइड इफेक्ट स्मरणशक्तिमा पर्न जान्छ ।
– शरीरमा पौष्टिक तत्वको हुनु अर्को कारण हो । साथै, मद्यपानको नियमित सेवन गर्दा स्मरणशक्ति कमजोर भएर जान्छ ।
– केही रोगहरु पनि छन्, जसले स्मरणशक्तिलाई कमजोर बनाउने काम गर्छन् । जस्तो कि थाइराइड, मधुमेह आदि ।
के गर्ने त ?
– यस्तो समस्याबाट बच्नको लागि दैनिकको कार्यतालिका बनाउन सकिन्छ । आफ्नो समयअनुसार बिहान–बेलुकी घुम्ने बानी बसाल्नुपर्छ । कुनै पनि कुरा याद राख्नका लागि रुची लिनुपर्छ ।
– कतिपयले कामलाई बढी महत्व दिएर निद्रालाई व्यवास्ता गर्छन् । यसले स्मरणशक्तिलाई कमजोर बनाउनका लागि भूमिका खेल्छ । त्यसैले पुरा निद्रा सुत्नुका साथै विगतका कुराहरुलाई क्रमबद्ध तरिकाबाट याद गर्ने बानीको पनि विकास गर्नुपर्छ । यस्तो गतिविधि प्रत्येक हप्ता दोहोर्‍याउँदा राम्रो हुन्छ ।
– योग अभ्यास, ध्यान, प्राणायामजस्ता गतिविधिले स्मरणशक्ति कमजोर हुनबाट बच्न सकिन्छ ।
के नगर्ने ?
– धेरैपटक एउटै कुरा याद गर्ने प्रयास गर्नु हुँदैन ।
– सँधै आफ्नो स्मरण शक्तिको विषयलाई लिएर चिन्तित बनिरहनु हुदैन ।
– रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आउने स्मरणशक्ति बढाउने विज्ञापन हेरेर औषधी खोज्न दौडिनु हुँदैन ।
– राती अबेरसम्म पढ्नु हुँदैन
– सकारात्मकभन्दा बढी नकारात्मक सोच्ने गर्नु हुँदैन
– खानपानमा सतर्कता उपनाउनुपर्छ । (दैनिक कम्तिमा तीन लिटर शुद्ध पानी पिउनुपर्छ, फलफुलमा आँप, स्याउ, सुन्तला, स्ट्रबेरी, जामुन, भुईकटहर, केरा आदि खानाले मानसिक स्वास्थ्यलाई निकै फाइदा पुग्छ ।)
समाधान
स्मरणशक्ति ह्रास हुँदै गएमा मानिसको दैनिकी नै अस्तव्यस्त भएर जान्छ । त्यसैले लक्षण थाहा पाउने बित्तिकै समाधानमा लाग्नु राम्रो हुन्छ । होमियोप्याथिक चिकित्सा विधिबाट यसको निकै प्रभावकारी उपचार हुन्छ । बिरामीको मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर होमियोप्याथिक उपचार गरिन्छ ।(एजेन्सीको सहयोगमा)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक साताभित्र तीन बालबालिकासहित १२ जनामा डेंगुको संक्रमण
Next article लागूऔषध प्रयोगकर्ताको खोजी गर्दै सरकार

Health Today Nepal

Related Posts

पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी

पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी

सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य

सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य

बेवारिसे र असहाय मानसिक रोगीको उपचार सरकारले गरिदिने

बेवारिसे र असहाय मानसिक रोगीको उपचार सरकारले गरिदिने

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web