हेल्थ टुडे,
काठमाडौ,१३ जेठः भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा ‘स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार’ प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेहरुप्रति आफूले पुरस्कार समर्पित गर्न चाहेको उल्लेख गरेका छन् । जेनेभामा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (युएनएसडीजी) सम्बन्धी कार्यक्रमका पाँच प्रमुख वक्ताहरुमा र्यान्डी उस्ट्रा, युनिसेफका कार्यकारी निर्देशक हेनरिटा एच फोर, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेसुस, आबे ली र आचार्य बालकृष्ण छन् ।
योगगुरु रामदेबले उक्त सम्मानबाट पतन्जलीको अभियान निकै महत्वपूर्ण रहेको छ भन्ने देखिएको बताएका छन् । पतन्जलीले आयुर्वेद औषधि र व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित औषधिहरु उत्पादन गरिरहेको छ । रामदेवले बालकृष्णसँग मिलेर पतन्जली आयुर्वेद कम्पनी खोलेका थिए ।
Leave a Reply