हेल्थ टुडे,
काठमाडौ,जेठः सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । बुधबार आर्थिक वर्ष २०७६–०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराइने जानकारी दिएका हुन् ।
नेपालमा महिनाबारी भएको समयमा धेरै छात्रा विद्यालय जादैँनन्। विद्यालयमा महिनावारी हुदाँ हुने विभिन्न समस्या, सामाजिक परम्परा र लाजका कारण बीचमै पढाइ पनि छाड्ने गरेका छन् । सरकारले यो व्यवस्था लागू गर्न सकेमा धेरै छात्रालाई विद्यालय जान प्रोत्साहन मिल्नेछ । तर, यसको सुरुवात र निरन्तरता भने चुनौतीपूर्ण छ। पछिल्लो समय केही विद्यालयले पनि विद्यालयमा सेटेनटी प्याड उपलब्ध गराउने अभ्यास सुरु गरेका छन्।
तर,सरोकारवालाहरुले भने कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । अझै पनि नेपालका शहरी क्षेत्र बाहेका अधिकांश क्षेत्रमा महिनावारीलाई सामाजिक मूल्य र मान्यतासंग जोडेर हेर्ने गरिन्छ । उक्त मान्यता र परम्परा विद्यालयमा पनि लागु हुने गरेको छ । त्यसकारण महिनावारी सम्बन्धि सामाजिक मान्यता र परम्परागत सोचलाई बदल्नु प्राथमिक आवश्यकता छ ।
त्यो हुन सके मात्र छात्राहरु महिनावारी भएको समयमा पर्ने समस्याबाट मुक्त हुन सक्छन् । सामाजिक सोच परिर्वतन नभएसम्म निःशुल्क सेनेटरी प्याड वितरण गर्दैमा छात्राहरु समस्या मुक्त हुने सम्भावना कम रहन्छ ।
Leave a Reply