• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सोलुखुम्बुः स्वास्थ्य बिमा नवीकरणमा अनिच्छा

June 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सोलुखुम्बुः स्वास्थ्य बिमा नवीकरणमा अनिच्छा

हेल्थ टुडे,
सोलुखुम्बु,१ असारः जिल्लामा स्वास्थ्य बिमा गर्ने बिमितले बिमाबापतको सेवा लिन वर्षेनी नवीकरण गर्नुपर्ने भए पनि नवीकरण गर्नेको संख्या न्यून देखिएको छ। आर्थिक वर्ष २०७४–७५ मा सात सय ७० परिवारले बिमा गरेकोमा २०७५÷७६ मा ६५ परिवारले मात्र बिमा नवीकरण गरेका छन्। सेवाबिन्दु टाढा हुनु, गुणस्तरीय सेवा प्रवाह नहुनु र बिमाप्रति चेतना अभावले नवीकरणमा समस्या देखिएको हो । दुई आवको अवधिमा सोलुखुम्बुमा ३८ सयभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्।

२०७४ असोज २५ देखि २०७६ जेठसम्मको अवधिमा स्वास्थ्य बिमा गर्नेको संख्या ३ हजार आठ सय ३८ पुगेको हो। बीमितमध्ये एक हजार ९ सय ३५ महिला र एक हजार ९ सय तीनजना पुरुष रहेका छन्। सातओटा गाउँपालिका र एक नगरपालिका रहेको जिल्लामा खुम्बु पासाङल्हामु गाउँपालिकामा भने बिमा कार्यक्रम लागु हुन सकेको छैन। हालसम्म सोलुदुधकुण्ड नगरपालिकामा एक हजार चार सय १६ जना, नेचासल्यान गाउँपालिकामा पाँच सय ५९ जना र महाकुलुङ गाउँपालिकामा तीन सय ७४ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

त्यस्तै, लिखुपिके गाउँपालिकामा तीन सय ८५, माप्यदूधकोसी गाउँपालिकामा दुई सय ७७, थुलुङ दूधकोसी गाउँपालिकामा तीन सय ९२ र सोताङ गाउँपालिकामा चार सय ३५ जनाले बिमा गरेका छन् । जनप्रतिनिधिको चासो कम हुनु र सेवाका लागि स्वास्थ्य संस्था नभएकाले पनि खुम्बु पासाङल्हामु गाउँपालिकामा भने बिमा कार्यक्रम सुरु हुन सकेको छैन ।

गत वैशाखदेखि लागू हुनेगरी सरकारले बिमा रकम वृद्धि गरेको छ। पाँच जनासम्मको परिवारको स्वास्थ्य बिमा गर्दा २५ सय तिर्दै आएका सर्वसाधारणले ३५ सय तिर्नुपर्नेछ। पाँचजना बाहेकमा सदस्य थप भए प्रतिसदस्य चार सय ५० बाट बढाएर सात सय पु¥याइएको छ। ५० लाखसम्मको स्वास्थ्य सेवाबाट वृद्धि गरी एक लाख र सदस्य थप हुँदा प्रतिसदस्य वृद्धि हुने २० हजार गरी अधिकतम दुई लाखसम्मको सेवा दिने व्यवस्था मिलाइएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारले तोकेको निःशुल्क औषधिमा पनि शुल्क तिर्न बाध्य बिरामी
Next article डार्क सर्कलको समस्याबाट कसरी मुक्त हुने ? यी हुन् उपाय....

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web