हेल्थ टुडे,
रौतहट,२ असारः अत्यधिक गर्मी बढेसँगै रौतहटमा सर्पदंशको घटना बढ्दै गएका छन् । दुई महिनामा पाँच सयजनाभन्दा बढीले जिल्ला अस्पताल गौरमा सर्पदंशको उपचार गराएका छन्। अत्यधिक गर्मीले गर्दा विभिन्न किसिमका सर्प दुलोबाट सतहमा आएको र पानीमा बस्ने सर्प पनि पानी तातो भएपछि बस्न नसकेर जमिनमा आएका कारण सर्पदंशको घटना बढेका हुन् ।
सर्पदंशपीडितमध्ये मुख्य गरी विषालु गोमन र करेत सर्पले डसेका बिरामीको संख्या अत्यधिक भएको तथा अन्य किसिमका सर्पको आक्रमण परेका बिरामीको संख्या उल्लेख्य रहेको अस्पतालहरुले जनाएका छन् । गौर अस्पताल प्रशासनले वैशाखमा दुई सयभन्दा बढी र जेठमा तीन सय जनाभन्दा बढी मानिस सर्पले टोकेर उपचारका लागि आएका जनाएको छ ।
उपचारका लागि गौर अस्पताल आएका सर्पदंशका बिरामीहरूमा धेरै स्थानीय छन् भने भारतका सीमावर्ती क्षेत्रबाट पनि केही बिरामी उपचारका लागि आईरहेका छन् ।
Leave a Reply