हेल्थ टुडे,
काठमाडौ,३ असारः स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भनिएको अनियमिता छानविन गर्न मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई काम सुरु गरेको मितिले ७ दिन भित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ ।
मन्त्रालयले समितिलाई विभिन्न १८ वटा बुँदामा केन्द्रीत रहेर छानविन अघि बढाउन निर्देशन समेत दिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उकपुलपति प्राडा संगिता भण्डारी र उनको समूहले अनियमितता गरेको भन्दै प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी परेको थियो । सोही उजुरी सहित समग्र प्रतिष्ठानको क्षेत्रको बारेमा छानविन गरी प्रतिवेदन बुझाउन समिति बनाइएको हो ।
समितिका सदस्यहरुमा मन्त्रालयका लेखा अधिकृत ढुंण्डिराज पौडेल, मन्त्रालयका कानूनका उपसचिव पुष्करराज नेपाल, स्वास्थ्य सेवा विभागका उप स्वास्थ्य प्रशासक डा अर्जुन सापकोटा र मन्त्रालयका उपसचिव बाबुराम खनाल रहेका छन् ।
Leave a Reply