हेल्थ टुडे,
काठमाडौ,६ असारः टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग कक्ष सञ्चालनमा ल्याएको छ । विभागले विश्व योग दिवसको अवसर पारेर बिहिबारदेखि योग कक्ष सञ्चालनमा ल्याएको हो । विभागले योग कक्षको सञ्चालन स्वास्थ्यमा रिपोटिङ गर्ने पत्रकार तथा आफ्ना कर्मचारीहरुलाई योग सिकाएर गरेको छ ।
विभागले योग कक्ष कार्यालय भवनको तेस्रो तल्लामा बनाएको छ । १५ देखि २० जना सम्म अटाउने सो कक्षमा आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभागका कर्मचारी र स्वास्थ्यसंग सरोकार राख्न जानेहरुले योग सिक्न सक्नेछन् । हरेक शुक्रबार कर्मचारीलाई योग कक्ष चलाउने योजना राखेको छ ।
विभागका महानिर्देशक डा.बासुदेव उपाध्यायले नसर्ने रोगको जोखिम कम गर्न र योग तथा बैकल्पिक चिकित्साको प्रवर्धन गर्न योग कक्ष सञ्चालनमा ल्याइएको बताए । आज पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाइँदै छ । योगलाई निरोगको मुख्य आधार भन्दै पछिल्लो समय विश्वभर नै योगअभ्याँस, व्यायाप, ध्यान, प्राणायम विस्तार हुँदै गईरहेको छ ।
Leave a Reply