हेल्थ टुडे,
काठमाडौ,६ असारः अन्तराष्ट्रिय योग दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको छ । दिवसकै अवसरमा स्वास्थ्य मन्त्रालय परिसरमा योग शिविरको आयोजना गरिएको छ ।
स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको आयोजनामा भएको शिविरमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, स्वास्थ्य सचिवद्धय डा पुष्पा चौधरी, रामप्रसाद थपलिया, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्याय, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोश भेन्डेलर सहित स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, कर्मचारी तथा स्वास्थ्य सम्वद्ध संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।
कार्यक्रममा ब्रमकुमारी राजयोग केन्द्रका प्रशिक्षकहरुले योग सिकाएका थिए । करीब १ घण्टा चलेको योग शिविर चलेको थियो ।
Leave a Reply