हेल्थ टुडे,
काठमाडौ,७ असारः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई समायोजनको पत्र प्राप्त नभएसम्म खटिएकै कार्यालयमा कार्यरत रहन निर्देशन दिएको छ । शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्र्दै समायोजन सूचीमा प्राप्त हुन आएको विवरण अद्यावधिक गर्ने कार्यसँगै कर्मचारीको समायोजनपत्र कार्यरत कार्यालयमै पठाइने जनाएको छ ।
समायोजन भई आएको सूची अद्यावधिक गर्ने काम जारी रहेकाले स्वास्थ्यकर्मीहरूलाई पत्र प्राप्त नहुँदासम्म खटिएकै संस्थामा कार्यरत रहन मनत्रालयका सह–सचिव जर्नादन गुरागाईद्वारा हस्ताक्षरित सूचना मार्फत आग्रह गरिएको छ ।
सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरूलाई पनि समायोजनको पत्र प्राप्त नहुँदासम्म आफू मातहतका कर्मचारीलाई आफू खटिएकै कार्यालयबाट सेवाप्रवाह सुचारु गर्न÷गराउन पनि सूचनामार्फत सम्बन्धित सबैमा सूचित गरिएको छ ।
Leave a Reply