हेल्थ टुडे,
काठमाडौ,११ असारः सरकारले अबदेखि विदेशमा उपचार गर्न जाने कसैको पनि उपचार खर्च नबेहोर्ने भएको छ । स्वदेशमा उपचार सम्भव हुँदाहुँदै पनि विदेशमा उपचार गराउन जाने कसैले पनि सरकारबाट उपचार खर्च नपाउने भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा विनियोजन विधेयकमाथी छलफलको क्रममा उठेका प्रश्नको मंगलबार संसदमा जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने कसैलाई पनि सरकारले रकम नदिने बताएका हुन् ।
उनले नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम रहेकोमा चिन्ता समेत व्यक्त गरे । मन्त्री यादवले भनेः‘ पैसा भएर विदेशमा उपचार गर्न जानेलाई त रोक्न सकिँदैन, तर विदेशमा उपचार गराउने जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागु भइसकेको छ ।’
मन्त्री यादवले देशका ठूलै मान्छेदेखि सर्वसाधरणको हकमा पनि यो कुरा लागु हुने दावी गरे ।
उनले जुनसुकै रोगको उपचार गर्न पनि नेपालका अस्पतालहरु सक्षम भईसकेको जानकारी दिए । मन्त्री यादवले संविधानमै स्वास्थ्यलाई मौलिक हक अन्र्तगत राखेकाले कार्यान्वयनको लागि सरकार अघि बढिसकेको जानकारी दिए ।
Leave a Reply