• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

स्वस्थ यौनका लागि सन्तुलित खानपान

July 25th, 2019 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ यौनका लागि सन्तुलित खानपान

हेल्थ टुडे,
एजेन्सी,साउनः आयुर्वेदमा समेत सात्विक, राजसी र तामसी भोजनको व्याख्या गरिएको छ। यस्ता भोजन तथा खानपानले स्वास्थ्यमा अवश्य असर पुर्याउँछ नै । खानपानले यौनमा समेत प्रभाव पर्छ। जति शारीरिक स्वास्थ्यका लागि पोषणको आवश्यक हुन्छ, त्यति नै मानसिक स्वास्थ्यका लागि पोषणले भूमिका खेल्छ । अधिकांश व्यक्तिमा यौन रोगभन्दा यौन समस्या भएको देखिने गरेको छ ।

सामान्यतः शारीरिक रुपमा स्वस्थ व्यक्तिले यौन क्रियाकलाप गर्न वा आफ्नो यौन भूमिका निभाउन सफल हुन्छ। शारीरिक रुपमा व्यक्ति स्वस्थ हुँदैमा यौन जोडीसँग पूर्ण यौन सम्पर्क, यौन सन्तुष्टि तथा यौन क्रिडा हुन्छ नै भन्ने हुन्न। चिकित्सकका अनुसार पूर्ण यौन सन्तुष्टिका लागि व्यक्ति शारीरिक मात्रै हैन मानसिक रुपमा पनि स्वस्थ हुन आवश्यक छ। शारीरिक तथा मानसिक रुपमा व्यक्ति स्वस्थ नहुने हो भने त्यस्तो व्यक्तिले पूर्ण यौन सन्तुष्टि पाउन कठिनै हुन्छ।

व्यक्ति मानसिक रुपमा स्वस्थ हुनका लागि सन्तुलित रुपमा खानपान तथा पोषणको आवश्यकता पर्छ। मानसिक स्वास्थ्यका लागि सात्विक (साकाहारी) भोजन उचित हुने मनोविद्को तर्क छ । सात्विक भोजनमा विभिन्न किमिका फलफूल, सागसब्जी, गेडागुडी, दूध, दहीजस्ता खानपान गर्नु उपयुक्त हुने मनोविद्को सुझाव छ । यस्ता खानपान स्वस्थ यौनका लागि पनि उपयोगी हुने चिकित्सकको तर्क छ। राजसी भोजनले भने व्यक्तिलाई उत्तेजित बनाउँछ।

राजसी खानपानमा तारेको, भुटेको, मसलेदार, माछा, मासुलगायत पर्छन्। यस्ता खानपानले व्यक्तिमा उत्तेजना बढाउँछ। पछिल्लो समयमा तारेका, भुटेका र माछा, मासुजस्ता खानपान जथाभावि अव्यवस्थित रुपमा खानाले व्यक्तिमा डिप्रेसनलगायतका मानसिक रोगको जोखिम बढ्दै गएको छ । मानसिक समस्या भएको अवस्थामा सुखद यौनको कल्पना गर्न कठिन छ ।

सडेगलेका, प्याकिङ गरिएका, मात्ने तथा लठ्ठिनेजस्ता किसिमका मदिराजन्य खानपानले व्यक्तिको शारीरिक मात्रै हैन मानसिक रुपमा समेत प्रत्यक्ष असर पुग्छ। शारीरिक तथा मानसिक रुपमा व्यक्ति अस्वस्थ भएपछि यस्ता खानपानले यौन क्षमतामा नकारात्मक असर नपर्ने कुरै भएन। यस्ता मात्ने तथा सडेगलेका खानपानले यौन क्षमतामा कमी ल्याउँछ । रक्सी जस्ता माद्यक पर्दाथ सेवन गर्नाले यौन उत्छृङ्खलता आउने मनोविज्ञ बताउँछन्। तर रक्सी पिउने व्यक्तिमा शारीरिक रुपमा भने यौन क्षमता बढ्ने हैन उल्टो कमजोर हुन्छ । त्यसैले सुखद यौन जीवनका लागि रक्सी नपिउनु नै उचित हुन्छ। त्यसैले स्वस्थ यौन जीवनका लागि रक्सीलगायतका शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पु¥याउने किसिमका खानपानको नखान मनोविद्को सल्लाह छ।

कतिपय पेय पदार्थ भने यस्ता छन्, जसले यौन दक्षमतामा कमी हैन उत्तेजना ल्याउन सहयोग पुग्छ। कफी त्यस्तै एक किसिमको मस्तिष्क उत्तेजक पेय पदार्थ हो। कफी पिउँदा यौन चाहनाको चाल बढाउने चिकित्सक बताउँछन् । यसले कामोत्तेजना बढाउँछ। यौन उत्तेजना बढाउने भएकाले यौन उत्तेजनाको चाहना बढाउनका लागि पुरुष वा महिलाले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टा अघि कफी पिउन चिकित्सकको सल्लाह छ। यौन उत्तेजना आएपछि जवान मात्रै हैन पाको उमेरका व्यक्तिले पनि यौन सन्तुष्टि लिन सकिन्छ। त्यसैले यौन क्षमतामा ह्रास आएको महसुस भए के युवा, के पाको उमेरका व्यक्ति कफी पिएर यौन सम्पर्क गरी यौनानन्द लिन सकिन्छ ।

गर्मीमा भने कम मात्रामा कफी पिउनु उपयुक्त हुन्छ। दैनिक चार कपसम्म कफि पिउनु शारीरिक मानसिक तथा यौनकालागि उपयुक्त मानिन्छ। सन्तुलित खानपानले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुने सम्भावना बलियो हुन्छ। व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनेबित्तिकै त्यस्ता यौन जोडीको यौन जीवन सुखद हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लाईफ केयर प्याथोलोजी महाकाली अञ्चलको पहिलो सुबिधा सम्पन्न ल्याब
Next article वर्षायाममा फंगल संक्रमणबाट जोगिन के गर्ने ?

Health Today Nepal

Related Posts

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

किसोरकिसोरी भन्छन, कण्डम लगाएर मज्जा नै आउदैन

किसोरकिसोरी भन्छन, कण्डम लगाएर मज्जा नै आउदैन

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1020
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web