हेल्थ टुडे,
काठमाडौ,२४ असारः राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ६ जनाले दरखास्त दिएका छन् । आयोगको उपाध्यक्षको लागि डा.श्रीकृष्ण गिरी,डा. रमेशप्रसाद सिंह,डा.निलमणि उपाध्याय, डा.प्रमोद शर्मा, डा. निलाम्बर झा र डा. पारस पोखरेलले दरखास्त दिएका हुन् ।
खुल्ला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनौट गर्न लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको संयोजकत्वमा सर्च कमिटि गठन भएको थियो । सो कमिटिले १५ दिनको समय सिमा राखेर दरखास्त आह्वान गरेको थियो ।
उक्त दरखास्त दिने अन्तिम समय सोमबार अपरारान्ह पाँच बजे सकिएको छ । चिकित्सा शिक्षा ऐन २०७५ अनुसार आयोग गठन गरिएको हो ।
Leave a Reply