हेल्थ टुडे,
काठमाडौं, ५ साउन: प्रदेश नम्बर १ का स्वास्थ्य निर्देशनालयको निर्देशकबाट संघमा पदस्थापन भएका भोगेन्द्र डोटेलले स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महासाखाको निर्देशकको पद बहाली गरेका छन् । टेकूस्थित व्यवस्थापन महासाखामा आईतबार आयोजित स्वागत कार्यक्रमपछि डोटेलले निर्देशकको पदबहाली गरेका हुन । डोटेल बिगत एक वर्षयता प्रदेश नम्बर १ को स्वास्थ्य निर्देशनालयको निर्देशकको रुपमा कार्यरत थिए । डोटेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नीति, योजना तथा अन्तराष्ट्रिय समुुन्वय महासाखाको निर्देशकको जिम्मेवारी समेत निभाइसकेका छन् ।
Leave a Reply