हेल्थ टुडे,
गोरखा,६ साउनः विप्लव नेतृत्वको नेकपामा संलग्न भएको आशंकामा प्रहरीले गोरखाका एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।
गोरखा नगरपालिका–१० छेवेटार शहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव रामचन्द्र पाण्डेलाई आईतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पाण्डे नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन र स्वाथ्यकर्मी संघमा आवद्ध रहेको जनाइएको छ । उनको गतिविधि शंकास्पद देखिएकाले सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Leave a Reply