हेल्थ टुडे,
कञ्चनपुर,१३ साउनः नेपाली सेना तथा समुदायद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्र अनर्जुनी ब्यारेक कञ्चनपुरमा छ वर्षको अवधिमा ७०७ जनाले उपचार गराएका छन् । तीमध्ये सबैभन्दा बढी महिला रहेका छन्। २०७१ देखि विसं २०७६ सालको अबधिमा ४९६ जना महिला र २११ जना पुरुषले सर्पदंश उपचार केन्द्रमा उपचार गराएको केन्द्रले जनाएको छ ।
केन्दअनुसार कम बिषालु सर्पले टोकेका ३६४ महिला र १५६ पुरुषको उपचार गरिएको छ। बिषालु सर्पले टोकेका सात जना पुरुष र २९ जना महिलाको उपचार गरिएको छ। यसैगरी, बिच्छी र अन्य बिषालु किराले टोकेका १०३ महिला र ४८ जना पुरुषको समेत उपचार गरिएको छ।
बिषालु सर्पले टोकेका केन्द्रमा उपचार हुन नसकेका ३४ जनालाई अन्यत्र उपचारका लागि पठाइएको थियो। साउन महिनाको हालसम्म ३० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। सर्पदंशका बिरामीहरुमा अधिकांश ग्रामीण क्षेत्रका महिला रहेका छन् ।
यस वर्षको बैशाखदेखि साउनको अहिलेसम्म १५० जनाको उपचार गरिएको छ ।
Leave a Reply