हेल्थ टुडे,
डडेल्धुरा,११ भदौः डडेल्धुरा सदरमुकाममा भईरहेको गौरा महोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कपडा बैकं परिवारको आयोजनामा मंगलबार सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी शाखा डडेल्धुरा, ह्वाइट पार्क कलेज, वीर बेताल प्याथोलोजी र डडेल्धुरा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा १८ जनाले रक्तदान गरेको ब्लड बैंक डडेल्धुराले जानकारी दिएको छ । डडेल्धुराका विभिन्न अस्पतालमा रतग अभाव रहेको अवस्थामा केहि हदसम्म भएपनि रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
Leave a Reply