• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

ठुलै रोग पनि हुनसक्छ हात खुट्टा निदाउँने समस्या….

August 11th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ठुलै रोग पनि हुनसक्छ हात खुट्टा निदाउँने समस्या….

हेल्थ टुडे,
एजेन्सी,साउनः हात खुट्टा झम–झमाउने वा शरीरको कुनै भाग निदाउने जस्ता समस्याबाट पीडित व्यक्तिहरुको संख्या पछिल्लो समय निकै बढेको देखिन्छ । के युवा, महिला, वृद्ध जो कोहिको शरीरका बिभिन्न भाग कुनै समय झमझमाए कै हुन्छ । जोसुकैलाई पनि यो समस्या हुनसक्छ, फरक यति मात्र हो कसैलाई हिडाई, बसाई, सुताई नमिलेर झम्झमाउने हुन्छ भने कसैलाई रोगको कारणले गर्दा हुन्छ।

शरीरको जुनसुकै भागमा निदाउने हुन सक्छ र त्यहाँको सेन्सिटीभिटी कम महशुस हुनका साथै झम्झमाउन थाल्छ। प्रभावित भागलाई छुँदा कुनै प्रकारको अनुभव हुँदैन या कम महशुस हुन्छ। यस्तो अनुभव हुन्छ कि त्यहाँ ज्यान नै छैन वा रक्तसञ्चार भइरहेको छैन। कहिले कहिं शरीरको सन्तुल नमिलेर कुनै भाग निदाउनु वा झमझमाउनु भनेको सामान्य कुरो हो। यदि बारम्बार शरीरको कुनै भाग निदाउने वा झम्झमाउने भईरहेमा बेलैमा सोच्नुपर्ने हुन्छ ।
कहाँ कहाँ हुन सक्छ ?
व्यक्तिको कुनैपनि अंग बिशेषमा यो समस्या हुन सक्छ। जस्तै, हातमा, हातका औंलाहरुमा, खुट्टामा, पैतालामा, पेटमा, गला, शिरमा ईत्यादि। यदि तपाईको हातको औंलामा सुन्नपना छभने यस्तो अनुभव हुन्छ कि औंला झम्झमाई रहेछ। छुने बित्तिकै कहिले कहिं त करेन्ट लागे जस्तो हुन्छ भने कहिले प्रभावित अंगमा महशुस गर्ने शक्ति कम हुन जान्छ।
झमझामउनुको कारणः
मानसिक तनाव, थकान र चिन्ताका कारण पनि यस्तो हुन्छ। जसले गर्दा हात खुट्टा तातेको, निदाएको र झम्झमाएको महशुस हुन्छ। बीसदेखि तीस प्रतिशत हात खुट्टा झम्झम् गर्नु कुनै अन्य शारीरिक रोगका कारण पनि हुन सक्छ। सुन्नपन (निदाउनु) को कारण व्यक्तिको शरीरिक अंग बिशेषमा निर्भर गर्दछ। यदि खुट्टा निदाएको छ भने यसको कारण र हातका औला झम्झमाएको छभने यसको कारण यि दुवैको कारण अलगअलग हुनसक्छ।
यदि कुनैअंगको नशा च्यापिन गयो भने त्यस भाग झम्झम् गर्ने वा निदाउने संभावना बढी हुन्छ। यसैगरी कुनै कारणबस शरीरको अंगको कुनै नशामा खराबी आयो भने पनि सुन्नपन हुनसक्छ। डायबिटिज् (मधुमेह) को बिरामीलाई पनि अंग बिषेशमा झम्झमाउने हुने गर्छ। यसलाई सामान्य कारण मानिन्छ, अर्को रोग हो बाथरोग। स्पाइनल कार्ड (मेरुदन्ड) मा ट्युमर वा संक्रमण भएपनि यस्तो समस्या हुन्छ। अर्को कारण पिरिड्गोमायलिया अर्थात स्पाइनलकार्डमा पानी जम्नु हो। कहिले कहिं लिपोमा (फ्याटी ट्युमर) को केशमा पनि झम्झमाउने समस्या हुन जान्छ। लिपोमामा नशा च्यापिन गई यो समस्या हुन्छ। कतिपय अवस्थामा जोर्नीहरु हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ।
चोट पटकबाट घाईते हुँदा पनि यस्तो हुन्छ। कतिपय अवस्थामा भने दिमागमा लागेको कुनै पुरानो चोट–पटकको कारणले पनि यस्तो हुन सक्छ। अन्य कारणहरुमा शरीरमा पोषणतत्वको कमि। जस्तै, भिटामिन डि १, डि ६, डि १२ को कमिले गर्दापनि झमझमाउने हुन्छ। यदि तपाईको शरीरमा यि भिटामिनहरुको कमि छभने झम्झमाउदछ। यस्तै क्यालसियम र भिटामिन–सीको शरीरमा कमि छ भने निदाउने वा झम्झमाउने हुन सक्छ। यसको अलावा हामीले पिउने पानीमा खानिज तत्वहरु (मिनरल) फास्फोरस, क्यालसियम, सोडियम र आर्सेनिक आदिको असन्तुलनले पनि हात खुट्टा झम्झमाउने वा निदाउने समस्या हुनसक्छ।
उपचारः होमियोप्याथीमा चिकित्समा रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै रोगको अवस्था तथा रोग हुने कारण समेतलाई ध्यानमा राखेर उपचार गर्ने गरिन्छ। शरीरको कुनैभाग निदाउने वा झम्झमाउने समस्याको लागि लक्षणअनुसार सफलतापुर्वक प्रयोग हुने केहिं औषधि पनि छन् ।
औषधीः एगरिकसमस्केरियस, आर्जेन्ममेटालिकम, जेल्सिमियम, आर्निका मोन्टेना, हाईपेरिकम, रसटक्स, एम्ब्राग्रिशिया, एपिसमेल, एसाफोटिडा, ब्रायटाकार्ब, ब्युफोराना, कल्केरियाफोस, कास्टिकम, केमोमिला, सिक्युटाविरोसा, काकुल्स ईन्डिका, कोनियम, हेलोनियस, केलमिया, नेट्रम म्युर, फासफोरस, रेफनस, सिकेलिकोर, टेरेन्टुलाहिस्पानिया, पिक्रिकएसिड आदि ।
यी औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य, अनुभवि तथा काउन्सिलमा दर्ताभएको चिकित्सकसंग परामर्श लिई सेवन गर्नु उचित हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सूदुरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा अत्याधुनिक एम्बुलेन्स सेवा
Next article औषधि तथा विक्री प्रतिनिधि संघको ५० औं बार्षिकोत्सव

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1022
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web