• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 25th, 2022
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

यसरी निम्तिन्छ ढाडको समस्या, समाधानको उपाय के ?

August 1st, 2019 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी निम्तिन्छ ढाडको समस्या, समाधानको उपाय के ?

हेल्थ टुडे,
एजेन्सी,साउनः  विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तने गरेको छ । बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने र सुतिहाल्ने प्रायः मानिसको जीवनशैली यस्तै हुन्छ । यदि जीवनशैली यस्तो छ भने तपाईं नजानिँदो किसिमले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार बनिरहनुभएको छ ।
बदलिँदो जीवनशैली र नमिल्दो खानपिनका कारण पछिल्लो समय अत्यधिक रुपले ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीको समस्या बढ्दै गइरहेको छ । चिकित्सकहरुले रुघाखोकीजस्तै ढाडको समस्या पनि साझा बनिरहेको बताएका छन् ।

शरीरको हड्डी कमजोर हुने, ढाड तथा जोर्नी दुख्ने सामान्य दुर्घटना हुँदा पनि अगंभंग हुने मोटोपन बढेर घुँडा दुख्ने समस्या आइपर्ने गलत जीवनशैलीका नतिजा हुन् । कमजोर हाडजोर्नीका कारण पलेटी कसेर बस्न नसक्ने, धेरै काम गर्न नसक्नेजस्ता समस्या निम्त्याइरहेका छन् । चिकित्सकका अनुसार हाड भनेको जति प्रयोग गर्‍यो उति बलियो हुने अगं हो, यसको प्रयोग हुन नसक्दा गुणस्तरीय जीवन घट्दै गइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नीसम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण निम्तिने गरेको छ । बाँकी २० प्रतिशत अन्य कारण हुन् जुन शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन्  । ८० प्रतिशत समस्या जीवनशैली सुधार गरे मात्रै रोक्न सकिने मेरुदण्ड विशेषज्ञहरुको भनाई छ । शारिरीक क्रियाकलाप कम हुनु तथा मानसिक तनाव बढी हुनु यसका मुख्य कारण हुन् । जकंफुड र धूम्रपानको पनि उत्तिकै भूमिका खेलिरेहको हुन्छ । बढी समय काममा खट्ने तथा स्वास्थ्यलाई ध्यान नदिदाँ सहरी भेगका मानिसमा यस्ता समस्या झन् विकराल हुँदै गइरहेको छ । अधिकांश बिरामी धेरै बेर उभिएर काम गर्ने, मोबाइल र कम्प्युटरमा बढी समय बिताउने, अनि नियमित मोटरसाइकल चढ्ने गरेको पाइएको छ ।

विशेषगरी युवावर्ग यस्ता समस्याको मारमा छन् । बालबालिका पनि यस्ता समस्या लिएर अस्पताल पुगिरहेका पाइएको छ । पढाइको धेरै मानसिक तनाव, गह्रुंगो झोला र धेरै बेर निहुरिएर मोबाइल चलाउने, सुतेर टीभी हेर्ने, नरम ओछ्यान र अग्लो सिरानीमा सुत्ने बालबालिका बढी प्रभावित भइरहेका पाइन्छ । तथ्याङ्क हेर्दा खेलकुद, व्यायाम र स्वास्थ्य खानपानबारे हेलचक्रयाइँ गर्दा हरेक १० मध्ये ८ ले ढाड दुख्ने समस्या भोगिरहेका छन् ।

गाउँघरमा बस्ने, बिहानै उठ्ने करेसाबारीमा काम गर्ने अनि हिँडिराख्नेहरू हाडजोर्नीसम्बन्धी समस्या लिएर विरलै अस्पताल पुग्छन् । जीवनशैलीका कारण देखिएको समस्या जीवनशैली परिवर्तन गरेर मात्रै समाधान हुन्छ, औषधि र उपचार त सेकेन्डरी उपाय मात्रै हो । दिनमा एक घण्टा व्यायाम गर्ने, धेरैबेर कुर्सीमा बसेर काम गर्नेले बेलाबखत उठेर तन्किने अनि खानेकुरामा मौसमी फलफूल र तरकारी समावेश गर्दा यस्ता समस्या न्यूनीकरण हुने चिकित्सकको सुझाव छ ।

यस्ता समस्याबारे समयमा नसुधारेमा दुखाइ शरीरका विभिन्न भागमा फैलिन सक्छ । हातखुट्टा झमझमाउने, लुलो हुने, वजन घटेर कमजोरी हुने हुन सक्छ । कहिलेकाहीँ प्यारालाइसिस भएर जीवनभर ओछयान पर्ने समस्या पनि हुने गरेको छ । सहरी जीवनशैली गुणस्तरीय बनाउन सानै उमेरदेखि व्यायाम गर्न बानी बसाल्नुपर्ने चिकित्सक बताउँछन् । यसलाई प्रभावकारी बनाउन विद्यालय तहबाटै अभ्यास सुरु गर्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘जेष्ठ नागरिक पोषणभत्ता’ कार्यक्रम सुरु
Next article राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि ११ जनाको दरखास्त

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

Leave a Reply Cancel reply

Timeline
May 25th 5:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने

May 25th 3:56 AM
समाचार

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस निर्वाचित

May 18th 3:55 PM
समाचार

स्वास्थ्य अभियन्ता महतो गाउँपालिका अध्यक्षमा विजयी

May 11th 8:40 AM
समाचार

धुम्रपानका कारण नेपालमा बर्सेनि २७ हजारको मृत्यु

May 10th 9:35 AM
बिशेषज्ञ लेख

बच्चाको आँखामा देखिने समस्या के के हुन् ?

May 9th 8:15 AM
परिवार स्वास्थ्य

गर्भपतन पछि देखिने जटिलता

May 8th 9:51 AM
उपचार बिधी

रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

May 7th 4:25 AM
बिशेषज्ञ लेख

मधुमेह भएमा के के समस्या देखिन्छन् ?

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1594
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

8
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web