हेल्थ टुडे,
काठमाडौ,१८ साउनः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गराएर उपचारत स्वास्थ्यकर्मी दीपेन्द्रसिंह रावल स्वास्थ्य लाभपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शिक्षण अस्पतालमा १५ दिनअघि सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रावलको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको थियो। ४४ वर्षीय रावललाई २८ वर्षीय आफन्तले कलेजको दान गरेका थिए।
उनको स्वास्थ्य राम्रो रहेको र उनी डिस्चार्ज भएको डा भण्डारीले जानकारी दिए । कञ्चनपुर निवासी रावल दुई दशकदेखि स्वास्थ्य सेवामा कार्यरत छन् ।
यसअघि शिक्षण अस्पतालमा गत जेठ १७ गते पहिलो पटक सफलतापूर्वक कलेजको प्रत्यारोपण भएको थियो ।
Leave a Reply