हेल्थ टुडे,
काठमाडौ,१९ साउनः ‘बालबालिकामा हुने क्यान्सर निको हुन्छ’ भन्ने जनचेतना फैलाउन क्यान्सर रोग लागेर निको भएका ५० जना बालबालिका एक साथ र्याम्पमा उत्रिएका छन् । क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सहयोग समूहले शनिवार आयोजना गरेको ‘सुदिप्त सुपर किड्स क्यान्सर सभाईभर र्याम्प वाक’ मा उनीहरु सहभागि भए ।
क्यान्सरसँग जुधिरहेका बालबालिकाको मनोबल बढाउने उद्देश्यका साथ उनीहरु र्याममा उत्रिएका हुन । उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित सानेपालस्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको कार्यक्रममा क्यान्सर रोग लागेर निको भएका २ बर्ष देखि १८ बर्ष सम्मका बालबालिकाहरुले र्याम्प वाक गरेका थिए । बालबालिकाको साथमा उनीहरुको उपचारमा संलग्न चिकित्सकहरु पनि र्याम्प वाकमा सहभागि भए । कार्यक्रममा बालबालिकाले आ–आफ्नो प्रतिभासमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले बालबालिकाको आत्मविश्वासको प्रशंसा गर्दै नेपालमै क्यान्सरको उपचार सम्भव हुनु सुखद् रहेको बताए । उनले नेपाल क्यान्सर सहयोग समूहलाई आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणासमेत गरे । कार्यक्रममा क्यान्सररोग विशेषज्ञद्धय डा अञ्जली पण्डीत, डा अमित श्रेष्ठले नृत्य, क्यान्सर सर्भाइभर सार्थक श्रेष्ठ, सविता मगर, इन्कु यल्मो लगायतले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्यान्सर अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठले बालबालिकामा लाग्ने क्यान्सर निको हुनसक्छ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले बालअधिकार र बाल सहभागितालाई प्राथमिकता दिएर र्याम्प वाकको आयोजना गरेको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनि एक करोड ९० लाख क्यान्सर रोगी थपिन्छन् । जसमध्ये बालबालिको संख्या १० लाख हुने गरेको छ ।
Leave a Reply