• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 25th, 2022
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

मौसम परिवर्तनसंगै हुने एलर्जी र रोकथामका उपाय

August 4th, 2019 अन्तर्वार्ता, समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मौसम परिवर्तनसंगै हुने एलर्जी र रोकथामका उपाय

हेल्थ टुडे,
एजेन्सी,साउनः मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिस एलर्जीको शिकार हुन्छ । मौसम परिवर्तन हुँदा राइनाइटिस् (नाकको एलर्जी) एलर्जीक अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको सेवनबाट एलर्जी हुनु सामान्य कुरो हो । मौसममा परिवर्तन हुँदा केटा–केटी, महिला तथा बुढा–पाकाहरुमा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशतसम्म बढ्न सक्छ । आमा–बाबु मध्ये कुनै एक जनालाई कुनै प्रकारको एलर्जीको समस्या छ भने उनीहरुको सन्तानमा पनि एलर्जी हुने संभावना पचास प्रतिशत रहन्छ ।
लक्षणः
शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार–रुघा लाग्नु, हाँक्च्छु आउनु, आँखा र नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशीहरु दुख्नु यसका शुरुका लक्षणहरु हुन् । खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केहि मिनट पछि अनुहार चिलाउने, डाबर आउने, औंठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, साँस फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिशा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, बेहोस भएर लड्ने आदि जस्ता लक्षणहरु देखिन्छन् । यसको आधारमा नै रोगको पहिचान हुन्छ । नाक चिलाउनुका साथै हक्च्छुँ पनि आउनु । नाकबाट पानी बग्नु । नाकको छाला रातो हुनु । जुन घरी–घरी नाक साफ गर्नाले हुन्छ । यदि तपाईलाई यस्तो भईरहेको छ भने, सतर्क हुनुस्, यो नाकको एलर्जी (राईनाईटिस्) नाकको ईन्फेक्सन पनि हुन सक्छ ।
कारणः
यस रोगको कारण कयौं प्रकारको एलर्जी हुनु हो । यस मध्ये मुख्य हो, प्रदूषण, धूलो–माटो, घाँस, पराल तथा रुख–पात, बिरुवाको परागणक एवं खाद्य एलर्जी । घरबाट बाहिर निस्किदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्दछ । यही एलर्जी राइनाइटिसको कारण बन्दछ । यसको अलावा कुकूर, बिरालो पाल्ने घर परिवारमा पनि एलर्जी हुने जोखिम बढि हुन्छ। भुत्ला हुने जनावरहरु कुकुर, बिरालोको रौं बराबर भुईमा झरिरहन्छ । जुन एलर्जीको कारण बन्न सक्छ ।
जोखिमः
नाकको एलर्जीले साइनसको ऑस्टिया (हड्डिको प्वाल) लाई बन्द गर्न सक्छ । जुन पछि गएर साइनोसाइटिस (पिनास) को कारण बन्न सक्छ । यसले नाक भित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ । यसले ऑडिटरी ट्यूब (श्रवण) नली लाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्यभागमा पानी भरिन सक्छ । यस्ता बिरामीहरुमा दम हुने जोखिम चार गुणाले बढ़न जान्छ ।
बच्न के गर्ने ?
१.इन्फेक्शनबाट बच्ने प्रयास गर्ने ।
२.चिसो हावा, धूलो–धुवाँ र ओसिलो ठाउँबाट बच्ने ।
३.घरबाट बाहिर निस्किंदा कोशिश गर्ने कि धूलोको कण नाकभित्र कम से कम मात्रा जाओस ।
४.यदि धूलो–धुवाँ भएको ठाउँमा जानु पर्यो भने मास्क या रुमाल राखेर जाने ।
५. घरको पाल्तू जनावरहरु कुकुर, बिरालो आदिको धेरै नजिक नजाने ।
६. घर या कार्यालयमा जहाँ ओसिलोछ, त्यहाँ नजाने ।
७. धूम्रपान नगर्ने । यदि छेउको कुनै ब्यक्तिलाई चुरोटको धुवाँले एलर्जी छ भने उसको अगाडि स्मोकिंग नगर्ने ।
८. कुनै खाद्य पदार्थ खानाले नाकमा एलर्जी हुन्छ भने त्यो बस्तुको सेवन नगर्ने ।
९. नाकको एलर्जीले बढि सताउने भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।
१०.जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो बस्तुको प्रयोग गर्न बन्द गरि दिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनैपनि प्रकारको कास्मेटिक साधनको प्रयोग नगर्ने ।
११. हाम्रो वरिपरि रहेका एलर्जी उत्पन्न गराउने तत्वहरु (एलर्जन) बाट बच्नु नै एलर्जीको सबभन्दा राम्रो उपचार हो ।
१२. धेरैजसो ब्यक्तिको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै बस्तु विशेषको सम्पर्कमा आउन साथै उनीहरुलाई एलर्जी भई हाल्छ । धेरैजसोलाई अर्काको चिज प्रयोग गर्नले पनि एलर्जी हुन्छ । जस्तै, सुत्ने ओछ्यान, टावेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । यस्ता कुराको विशेष ख्याल राख्नु पर्दछ ।
१३.घर यदि सडक छेउमा छ भने बाहिरको धूलो(माटो कोठाभित्र आउन रोक्नको लागि झ्याल ढोका सकेसम्म बन्द राख्ने या झ्यालमा      सिसाको साथै मसिनो जाली लगाउने ।
१४.किचनमा एक्जस्ट फ्यानको उपयोग गर्ने ।
१५. धैरै जसोलाई फूलको बास्नले पनि एलर्जी हुन्छ । यस्ता व्यक्तिहरुले फुलफुल्ने किसिमको बिरुबा कोठामा नराखने ।
१६. आफ्नो औछ्यानलाई सफा–सुघर राख्ने ।
१९. घरमा गिलो कपडाले पोछा नलगाउने ।
२०.घरको भित्तामा ढुस्सि या जाली लागेकोछ भने त्यसलाइ ब्लिच गरेर सफा गर्ने ।
२१. बर्षा मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ, तर केहि खास किसिमका रोगहरु जस्तै( अस्थमा, हृदय रोग, क्यान्सरबाट ग्रसित व्यक्तिहरुको लागि यो मौसमले केहि समस्या पनि ल्याउछ ।
२२.प्रतिदिन बिचार गर्नुस् कुनचिज खाएपछि वा लगाएपछि शरीरमा एलर्जीको लक्षण देखिन्छ भन्ने कुरा । यदि अलिकति सावाधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने सजिलैसित यस रोगबाट छुटकारा पाउन सकिन्छ । एलर्जीको उपचार भनेको हाम्रो बाह्य बातावरणमा मौजुद रहेको एलर्जनबाट बच्नु नै यसको सबैभन्दा राम्रो उपाय हो ।
उपचारः
होमियोप्याथिक चिकित्सामा रोगीको ईम्युन सिस्टमलाई सबल बनाइ रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुनाले यसमा रोगको जरैबाट उपचार गर्ने गरिन्छ र एलर्जी स्थायी रुपमा निको भएर जान्छ ।
औषधिहरुः होमियोप्याथिकमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्यनजर राखेर (टोटालिटी अफ सिम्पटमस्) को आधारमा औषधि उपचार गरिन्छ । प्राय गरी एलर्जीको समस्या भएकोमा प्रयोग गर्ने औषधिहरु निम्नलिखित छन् ।
१.धुलो र परफ्युमबाट हुने एलर्जीको लागि– हिस्टामिनको प्रयोग गर्नु लाभदायक हुन्छ ।
२. रोटी र अमिलो खाद्य पदार्थबाट हुने एलर्जीको लागि – नेट्रम–म्युरको प्रयोग गर्न सकिन्छ ।
३.उमालेको दुध पिउदा हुने एलर्जीमा–सिपिया नामक औषधि उपयोगी हुन्छ ।
४.यदि कसैलाई नुन, मख्खन, अन्डा र कुखुराको मासुबाट एलर्जी छ भने – कार्बोभेजको सेवन गर्दा फाईदा हुन्छ ।
५.यदि कसैलाई कफि पिउँदा एलर्जी उत्पन्न हुन्छ भने – नक्स–बोमिका लिन सकिन्छ ।
६.घामबाट एलर्जी छ भने–बिरामीले एपिसमेलिफिका औषधिको प्रयोग गरेमा निको हुन्छ ।
७. यसै गरी धुलोबाट रूघा लाग्ने, हच्छ्यु आउने समस्या भएको छ भने– बिरामिले जस्टिसिया अधोटोडा नामक होमियोप्याथिक औषधिको प्रयोग गरे फाईदा हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तनहुँको म्याग्दे गाउँपालिकाका एक जनामा डेंगु भएको पुष्टि
Next article पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कागजात अख्तियारको नियन्त्रणमा

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

Leave a Reply Cancel reply

Timeline
May 25th 5:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने

May 25th 3:56 AM
समाचार

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस निर्वाचित

May 18th 3:55 PM
समाचार

स्वास्थ्य अभियन्ता महतो गाउँपालिका अध्यक्षमा विजयी

May 11th 8:40 AM
समाचार

धुम्रपानका कारण नेपालमा बर्सेनि २७ हजारको मृत्यु

May 10th 9:35 AM
बिशेषज्ञ लेख

बच्चाको आँखामा देखिने समस्या के के हुन् ?

May 9th 8:15 AM
परिवार स्वास्थ्य

गर्भपतन पछि देखिने जटिलता

May 8th 9:51 AM
उपचार बिधी

रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

May 7th 4:25 AM
बिशेषज्ञ लेख

मधुमेह भएमा के के समस्या देखिन्छन् ?

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1594
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

8
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web