हेल्थ टुडे,
खाँदबारी,३ भदौः जिल्ला अस्पताल सङ्खुवासभामा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु भएको छ। आइतबारदेखि सेवाको शुरुआत गरिएको जिल्ला अस्पताल विकास समितिले जानकारी दिएको छ ।
जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौँ जस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो । आफ्नै जिल्लामा सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन्।
वीर अस्पतालका डाक्टर डा.भूपेन्द्र बस्नेतको टोलीले आइतबार र सोमबार दुई दिन इन्डेसकोपी सेवा दिएको जिल्ला अस्पतालले जनाएको छ। टोलीले भोजपुरको षडानन्द नगरपालिका–६ का ६० वर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा शुरु गरेको हो । (रासस)
Leave a Reply