हेल्थ टुडे,
काठमाडौ,५ भदौः काठमाडौ उपत्यकामा पनि डेंगु संक्रमित भेटिएका छन् । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका हुन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.विवेककुमार लालकाअनुसार उपत्यकाका विभिन्न १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमण देखिएको छ । यद्यपि यो सङख्या अझै बढ्न सक्ने उनले जानकारी दिए । यसले पनि काठमाडौ समेत डेंगुको उच्च जोखिममा रहेको पुष्टि भएको छ ।
महाशाखाले २३ वटा अस्पतालबाट तथ्याकं संकलन गरेको थियो । महाशाखा प्रमुख डा. विवेक कुमारका अनुसार काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएका छन् । गत वर्ष यही समयमा उपत्यकामा मात्रै १६ जनालाई डेंगु देखिएको थियो भने देशभर ८ सय ११ जना संक्रमित भएका थिए । डेंगुबाट विशेषगरि बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरु शतर्क रहनुपर्छ । बेलैमा उपचार पाए डेंगुबाट मानिसहरुले ज्यान गुमाउनु पर्दैन । वर्षा सकिन लागेकाले अब डेंगुको प्रकोप हट्ने जाने चिकित्सक बताउँछन् ।
डेंगुको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोश घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान,खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनु हुदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।
यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटिलालाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ ।
Leave a Reply