• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

August 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो

हेल्थ टुडे,
अछाम,१० भदौः अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ। आर्थिक वर्ष २०७५–०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो। एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो।

यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य चौकीमा १२९ गर्भवती भएका मध्ये ३९ जना, वडा नं ४ पायल स्वास्थ्य चौकीमा ६४ गर्भवती भएका मध्ये ११ जना २० वर्षमुनिका रहेका छन्। गाउँपालिकाको वडा नं ५ लुंग्रा स्वास्थ्य चौकीमा भने २० जना गर्भवती भएका मध्ये एक जना मात्रै २० वर्षमुनि रहेको पाइएको छ। वडा नं ६ दुनीमा ६१ जना गर्भवती भएका मध्ये १३ जना र वडा नं ७ मार्कु स्वास्थ्य चौकीमा २० जना गर्भवती भएका मध्ये ५ जनाले उमेर नपुग्दै बच्चा पाएको तथ्याङ्क छ।

एक वर्षको अवधिमा गाउँपालिकाका पाँच स्वास्थ्य चौकी र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार ४६१ गर्भवती भएका मध्ये ११० जना महिलाले उमेर नपुग्दै बच्चा पाएको देखिन्छ। स्वास्थ्य संस्थाको पहुँचमा नआई गर्भवती हुने र सुत्केरी गराउनेको सङ्ख्या स्वास्थ्य संस्थाको तथ्याङ्कमा उल्लेख नगरिएको चौरपाटी गाउँपालिका स्वास्थ्य संयोजक कमल साउदले जानकारी दिए।

यस्तै साँफेबगर नगरपालिकामा पनि उमेर नपुग्दै बच्चा जन्माउने महिलाको सङ्ख्या १५.०७ प्रतिशत रहेको पाईएको छ । नगरमा १३ स्वास्थ्य चौकी र न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको तथ्याङ्कअनुसार एक हजार ५०६ गर्भवती भएका मध्ये २२७ जनाले उमेर नपुग्दै (२० वर्षमुनि) वच्चा जन्माएको नगरको स्वास्थ्य शाखा सह–संयोजक पुष्पबहादुर बुढाले जानकारी दिए। नेपाल सरकारले स्वास्थ्य सुधारका लागि ‘विहेवारी बीस पारि’ नारा दिए पनि उमेर नपुग्दै बच्चा जन्माउनेको तथ्याङ्कले चुनौती दिएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नौँ जना चिकित्सक बर्खास्त
Next article पतञ्जली योगपीठका आचार्य बालकृष्णलाई विष खुवाएको आशंका

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web