• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कसरी नाप्ने रक्तचाप ? अपनाउनु पर्छ यी तरिका….

September 8th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी नाप्ने रक्तचाप ? अपनाउनु पर्छ यी तरिका….

डा.ओममूर्ति अनिल
मुटु रोग विशेषज्ञ
हेल्थ टुडे,
काठमाडौ,भदौः आजकाल रक्तचापको समस्या देखिनु सामान्य नै बनेको छ । यस्तो अवस्थामा नियमित रूपमा रक्तचाप नाप्नु अत्यावश्यक हुन्छ । त्यसका साथै स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले समेत आफ्नो रक्तचापबारे नियमित जानकारी लिनुपर्छ । रक्तचाप नाप्न हरेकपटक स्वास्थ्य निकाय वा प्रशिक्षित स्वास्थ्यकर्मी नजिक जानु समय बर्बादीका साथै आर्थिक बोझसमेत बढ्छ । यसैले परिवारका केही सदस्यले रक्तचाप नाप्ने प्रक्रियाबारे वैज्ञानिक रूपले सिके परिवार मात्र नभई छरछिमेकका लागि समेत सहयोगी हुन्छ । बिरामीले स्वयं आफ्नो रक्तचापसमेत नाप्न सक्छन् भने मामुलीजस्तै देखिने प्रक्रियाले कसैको ज्यानसमेत जोगाउन सक्छन् ।

१२०–८० भन्दा कम रक्तचाप हुनु राम्रो मानिन्छ । यस्ते प्रि–हाइपरटेन्सन भने १२०–१३९ एमएम मर्करी सिस्टोलिक र ८०–८९ एमएम मर्करी डायस्टोलिकभन्दा कमलाई मानिन्छ । उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको पहिलो चरण १४०–१५९ एमएम मर्करी सिस्टोलिक र ९०–९९ एमएम मर्करी डायस्टोलिकलाई मानिन्छ । यस्तै हाइपरटेन्सनको दोस्रो चरण १६० एमएम मर्करी सिस्टोलिक र १०० एमएम मर्करी डायस्टोलिकभन्दा बढीलाई भनिन्छ ।

यी त भए रक्तचापको सामान्य वर्गीकरण । तर रक्तचाप घरमै आफैंले नाप्ने कसरी भन्ने पनि अब समस्या रहेन । रक्तचाप नाप्न आजकल बजारमा गुणस्तरीय स्वचालित मेसिनसमेत पाइन्छन् । तर तपाईंले चिकित्ससकसँग परामर्श गरेर मात्र यस्तो मेसिन किन्नुपर्छ । अझ तपाईंको रक्तचाप नाप्ने मेसिनलाई चिकित्सकको रक्तचाप नाप्ने मेसिनसँग तुलनासमेत गरेको हुनुपर्छ । घरमा नापेको रक्तचापको पहिलो नाप प्रायः बढी देखाउने भएकोले ५–५ मिनेटको फरकमा ३ पटक रक्तचाप नापेर औसत निकाल्नुपर्छ ।

रक्तचापका बिरामीहरूले हरेकपटक मुटु रोग विशेषज्ञसँग भेट्न जाँदा आफूले नियमित रूपमा नाप्दै गरेको रक्तचापको रेकर्डसमेत देखाउनुपर्छ । नियमित रूपमा रक्तचाप नाप्दा बिहान वा साँझ रक्तचापको औषधि खानुभन्दाअगाडि नाप्नुपर्छ । रक्तचाप कति–कति दिनको फरकमा नाप्ने आदिबारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । उसो त रक्तचाप नियन्त्रणमा आएपछि दुई–तीन सातामा एकपटक नाप्नु उपयुक्त हुन्छ । तर अझैसम्म कुन बिरामीले कति दिनको फरकमा रक्तचाप नाप्नेबारे कुनै पनि अनुसन्धानले स्पष्ट गरेको छैन ।

अध्ययन अनुभवका आधारमा म के भन्न चाहन्छु भने, रक्तचाप धेरै चाँडो–चाँडो नाप्दा अनावश्यक पीर पर्न सक्छ भने धेरै दिनको फरकमा नाप्दा रक्तचाप नियन्त्रणमा रहेको वा नरहेको थाहा नहुन सक्छ । चाँडै आत्तिने व्यक्तिलाई छिटो–छिटो रक्तचाप नाप्दा अनावश्यक चिन्ताका साथै झन् आत्तिनेसमेत हुन सक्छ । यही कारणले गर्दा एउटा निश्चित समयमा रक्तचाप नाप्नु आवश्यक हुन्छ । मेरो अनुभवअनुसार जुनसुकै स्वस्थ व्यक्तिले आफ्नै घरमा वर्षमा दुई पटक अर्थात् हरेक ६ महिनामा रक्तचाप नापेर आफ्नो स्थिति थाहा पाउनुपर्छ । तर प्रिहाइपरटेनसन अर्थात् उच्च रक्तचाप हुनुभन्दा पूर्व अवस्था भएकाहरूले हरेक ३ महिनामा आफ्नो रक्तचाप परीक्षण गर्नुपर्छ ।

बोर्डरलाई हाइपरटेन्सन हुनेले हरेक महिना र रक्तचाप नियन्त्रणमा भएकोले हरेक १५ दिनमा एकपटक रक्तचाप जाँच्नुपर्छ । तर यदि तपाईंको रक्तचाप नियन्त्रणमा छैन भने हरेक सात दिनमा एकपटक रक्तचाप नाप्नुपर्छ । तपाईंले यदि उच्च रक्तचाप पहिलो पटक थाहा पाएर चिकित्सकीय सल्लाहअनुसार औषधि खान सुरु गर्नुभएको छ भने हरेक दुईदेखि तीन दिनमा एकपटक रक्तचाप जाँच्न नबिर्सनुस् । जुनसुकै समयमा जस्तोसुकै अवस्थामा रक्तचाप नाप्दा यसको परिणाम सही नहुन पनि सक्छ । यसैले रक्तचाप नाप्दा ठीक तरिका अपनाउनुपर्छ ।

रक्तचाप नाप्नुभन्दा करिब आधा घण्टा पहिलेदेखि सुर्ती, चिया, खाना आदि खाएको हुनु हुँदैन । रक्तचाप नाप्दा एक खुट्टा अर्को माथि (उपरखुट्टी) राख्नु हुँदैन । लुगा माथिबाट रक्तचाप नाप्नु हुँदैन भने हिँडडुल र व्यायाम गरेलगत्तै रक्तचाप नाप्नु हुँदैन । यस्तै रक्तचाप नाप्ने कोठाको वातावरण शान्त हुनुको साथै तापक्रम आरामदायी हुनुपर्छ ।

रक्तचाप नाप्दा मेचमा करिब ५ मिनेट विश्राम गरेपछि नाप्नुपर्छ भने, नाप्ने बेलामा बिरामीसँगै नाप्ने व्यक्तिसमेत बोल्नु हुँदैन । रक्तचाप नाप्ने यन्त्रको फिता मुटुको उचाइमा राख्नुपर्छ । रक्तचाप नाप्ने हातलाई टेबलमा राख्नुपर्छ । यस्ते रक्तचाप नाप्दा हल्लिनु हुँदैन श्वाससमेत स्वाभाविक रूपमा विस्तारैलिनुपर्छ । पहिलो पटक दुवै हातमा र त्यसपछि रक्तचाप बढी भएको हातमा नाप्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको आकलन
Next article आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा सबै पास

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1020
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web