हेल्थ टुडे,
काठमाडौ,३० भदौः सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिए, बिडिएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा लिन बाटो खोलिदिएको छ । अदालतले प्रवेश परिक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेपछि प्रवेश परिक्षा लिन बाटो खुलेको हो ।
न्यायाधिशद्धय इश्वरबहादुर खतिवडा र डा.मनोजकुमार शर्माको संयुक्त इजलाशले एमबिबिए, बिडिएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परिक्षा स्थगित गर्न यसअघि दिएको अन्तरिक आदेश खारेज गरेको हो । अदालतको फैसलासंगै अब आइओएमले परीक्षाको नयाँ मिति तोकेर सोही अनुसार परीक्षा सञ्चालन गर्न सक्नेछ।
त्रिवि आईओएमको प्रवेश परीक्षा हुनुभन्दा दुई दिन अघि १९ भदौमा विद्यार्थी आयुष ओझाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल , प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
सो रिटमा सर्बोच्चले २० भदौमा सुनुवाई गर्दै २१ देखि २४ भदौका लागि तय गरेको त्रिवि आईओएमको प्रवेश परीक्षा समेत स्थगित गर्न अन्तरिम आदेश दिएको थियो ।
Leave a Reply