हेल्थ टुडे,
जाजरकोट,११ असोजः जिल्ला अस्पताल जाजरकोटमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पतालले जनाएको छ ।
तर चिकित्सक र कर्मचारीको सवारी साधन भने निरन्तर चलिरहेका छन् । दुई वर्ष तत्कालीन अस्पतालका अध्यक्ष महेन्द्र शाहले पार्टीको कार्यक्रममा लिएर दुर्घटनामा परेको गाडी अहिले सञ्चालन भएको छ । अस्पतालजस्तो संवेदनशील ठाउँमा एम्बुलेन्स नै नहुँदा दैनिक बिरामीले सास्ती भोग्नुपरेको छ ।
एम्बुलेन्सको अभावमा बिरामी बोकेर, स्टे«चरमा राखेर अस्पताल लाने र ल्याउने गरिरहेको स्थानीयवासी बताउँछन् । त्यस्तै हप्ता दिनदेखि जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको छ । चट्याङका कारण एक्सरे मेशिनमा समस्या आएपछि बिरामीले एक्सरे गर्न पाएका छैनन् । अस्पतालमा कर्णाली प्रदेश सरकारले बजेट नपठाउँदा एम्बुलेन्स मर्मतमा समस्या आएको छ ।
Leave a Reply